मंगलबार १६ आश्विन २०८०

बलात्कार गर्न खोज्नेलाई भोजपुरमा एक महिलाले खुकुरी प्रहार गरिन || पुरुष शक्त घाइते

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘गुपचुप’ विवाह गरेका छन्। ब्रिटिस अखबारहरूले जनाएअनुसार ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग लगनगाँठो कसेका हुन्।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ।

बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ।

जोन्सनको विवाहका बारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा दिइएको थिएन। विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए। उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए।

गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए।

 


Last Updated on: May 31st, 2021 at 2:31 am
१५७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया