बुधबार २० मंसिर २०८०

गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग ‘अ-नैतिक-सम्बन्ध’ राखेको ‘आरोप’ लागेका दुई प्रहरी निलम्बित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीअनुसार स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेका छन् ।

PROMOTED CONTENTAdskeeper

Husband Divorces Wife After Looking At This Photo
More…
448
112
149

Make Your Own Product For Your Scalp
More…
894
224
298

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
More…
689
172
230
उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ‘त्यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धान नसकिँदा सम्म उनीहरु दुई जना निलम्बित भई घर गएका छन ।

अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्यो भन्दा बढि पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि निलम्बित गरिएको छ , डिएसपी पाण्डेले भने ।

जेठ ७ गते राति आ-पत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

​स्थानीयले सो क्रममा दुबै जनामाथि नि-र्घात कु-ट-पि-ट समेत गरेका थिए । कु-टपि-ट गर्ने मध्येका प्रकाश नेपालीसहित ३ जनलाई पनि नियन्त्रणमा लिई अ-भद्र ब्यबहारको मु-द्धा चलाइएको प्रहरीले जनाएको छ ।

उक्त दिन उनीहरु दुवै एकै घरमा एक महिला र उनकी छोरीसँग आ-पत्ति-जनक अवस्थामा फेला परेको स्थानीयवासीको भनाइ छ ।

महिला हसनु नेपालीका अनुसार त्यस रात प्रहरी सहायक निरीक्षक गाह र प्रहरी जवान केसी ती महिलाको घरमा बसेका थिए । ती महिला र सहायक निरीक्षक गाह गोठमा र ती महिलाको छोरीसँग प्रहरी जवान केसी घरभित्र विस्तरामा फेला परेको उनको भनाइ छ ।

अर्की स्थानीय महिला निरु राउतले पनि आमाचाहिँसँग प्रहरी सहायक निरीक्षक गाह राति आ-पत्तिजनक अवस्थामा फेला परेपछि आफूहरुले गोठको ढोका थुनेर राखेको बताइन् । उनका अनुसार सोहीबेला छोरीचाहिँसँग सिपाही केसी मुल घरको ओछ्यानमै फेला परेका थिए ।

इस्मा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विमला खत्रीले स्थानीयवासीमार्फत घटनाबारे जानकारी पाएपछि आफू ८ गते बिहान त्यस घरमा पुगेर थुनिएका प्रहरी सहायक निरीक्षकलाई बाहिर निकालेको र बाँ-धेर राखिएका प्रहरी जवानको डोरी फुकाएर पठाइदिएको बताइन् ।

ती प्रहरी सहायक निरीक्षक र प्रहरी जवान त्यसरी उक्त घरमा धेरै पटक आउने र बस्ने गरेको स्थानीयले बताएको उपाध्यक्ष खत्रीले जानकारी दिइन् ।


Last Updated on: May 31st, 2021 at 2:29 am
५८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया