आइतबार १७ मंसिर २०८०

वडाअध्यक्ष चन्द्रबहादुर विष्टले वृद्ध भक्तबहादुर राईसँग माफ मागे
May 31, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
भोजपुरस्थित हतुवागढी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका स्थानीय वृद्ध भक्तबहादुर राईसँग माफ मागेका छन् ।

यो बिषय गत जेठ १२ गतेको थियो । सामाजिक सन्जालमा चर्काे बि’रोध आएको थियो । सामाजिक अभियान्ता हर्क साङपाङले धरानबाट नै फोन गरेर माफी मागी बिज्ञप्ति निकाल्न फोन मार्फत भनेका थिए ।

त्यस्तैगरी बिभिन्न ठाँउमा रहेका युवाहरुले समेत भेटेर नै एकपटक राम्रो कुरा अध्यक्षसंग गर्ने सामाजिक सन्जालमा देखिन्छ ।

आर्थिक अवस्था नाजुक रहेको राईले आफूलाई पैसा आउने काम दिनकालागि वडाअध्यक्षसँग माग गर्दा विष्टले राईलाई उच्च जा’तीय अ’हंकार देखाउनुका साथै तल्लो स्तरमा झरेर गा’ली गरेका थिए ।

विष्टले राईलाई ‘खु’रुक्क घर जा’, ‘मुख न’चला म तसँग डराएर भाग्दिनँ, म ९० प्रतिशत राईबाट निर्वाचित भएर आएको क्षे’त्री हुँ’ लगायत शब्द प्रयोग गरेका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘बालबालिका र ज्येष्ठ नागरिकलाई हामीले श्रममूलक कार्य गराउन मिल्दैन साथै शारीरिक अवस्थाको कारण समेत तपाईं श्रममूलक काम गर्न सक्नुहुन्न भनी सम्झाउने क्रममा आ’वेगमा आएर मैले केही अ’शोभनीय शब्द प्रयोग हुन गएकोमा गम्भीर आत्मआलोचना गर्दै निज भक्तबहादुर राई लगायत सपरिवारसँग सामाजिक रुपमै भेटेर माफ माग्ने, क्षमायाचना गर्ने र सामाजिक सञ्जालमा राखिएको भिडियोमा उल्लिखित शब्द कहीकतै जा’तीयताको खि’लाफमा नभएर आगेवमा फुत्किएको शब्दप्रति सार्वजनिक रुपमा माफी मागेको व्यहोरा यसै विज्ञप्तिमार्फत सबैलाई जानकारी गराउन चाहन्छु ।’

नेकपा एमाले (केपी ओली समूह) का नेता समेत रहेका वडाअध्यक्ष विष्टले आज प्रेस विज्ञप्ति निकालेर राई र उनको परिवारसँग सार्वजनिक रुपमै माफ माग्ने बताएका छन् ।

बाकी बिज्ञप्ति हेर्नुहोस :

 


Last Updated on: May 31st, 2021 at 12:16 pm
५५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया