सोमबार १८ मंसिर २०८०

अबको चुनावमा कुलमानलाई उमेदवारी दिन आग्रह
May 31, 2021 2
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । गायक तथा अभिनेता रोबिन तामाङले नेपाल विद्युत प्राधिकारणका पूर्व प्रबन्धक कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

गायक तामाङले पूर्व प्रबन्धक घिसिङलाई आउँदै गरेको चुनावमा उमेदवारी दिन आग्रह गरेका हुन् ।

उनले सोमबार फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ ।

दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु, तपाईंले पक्कै पनि जनताको साथ पाउनुहुनेछ । म नेपालीले शहिरहेको पीडा देखेर थकित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।”

रोबिनले आफ्नो साथ सधैं रहिरहने भन्दै ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संरक्षण गर्ने एजेन्डा लिएर अघि बढ्न पनि सुझाव दिएका छन् । उनको यो आग्रह र सुझावलाई गम्भीरतापूर्वक मनन गर्न आग्रह पनि गरेका छन् ।

“कृपया मेरो कुरामा गम्भिरतापूर्वक सोच्नुहोला, अब त अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि हाम्रो देशलाई परिवर्तन गर्ने समय आाइसकेको छ । तपाईसँग मेरो सम्पूर्ण साथ छ । अन्यथा हामी त्यही पुराना जोकरहरुकै फन्डामा पर्छौं,” उनले भनेका छन् ।

 


Last Updated on: May 31st, 2021 at 4:06 pm
४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया