
उर्लावारी नगरपालिका ६ मा एक ७ वर्षका बालक मृ त फेला परेका छन् । छोराको मृत्युमा बुवाको हात भएको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् । पवन रियाली मृ त फेला परेका हुन् । बुवाले आमा तुलसी आमासंग छुटाएर कान्छी आमासंग छोरालाई राख्दै आएका थिए । उनी कान्छी आमा घाँस का ट् न गएको अवस्थामा मृ त फेला परेका हुन् ।
उनी झु ण्डि एको अ वस्था मा फेला परेका हुन् । त्यती सानो बालकले दे ह त्याग गर्न नसक्ने भन्दै स्थानियले निष्पक्ष छानविनको माग गरेका हुन् । स्थानियले बुवाको ब्यवहार राम्रो नभएको र छोराको निधन हुनुमा बुवाकै हात भएको भन्दै विरोध गरेका छन् । स्थानिय र मावली पक्षकाहरुले घटनाको निष्पक्ष छानविन नहुँदा सम्म शव पनि उठाउन पनि नदिने बताएका छन् ।
पानीमा डुवेको थियो भने हामी मान्छौं तर ७ वर्षको बच्चाले त्यस्तो निर्णय गर्नै सक्दैन, स्थानियको भनाई छ । आमालाई थाहा नदिएर घटना गराएको हो । कान्छि श्रीमतीले तेरो छोरा के गर्छन ? भनेपछि आफैले घटना गरायो हामी उनीहरुलाई घटनाको निष्पक्ष छानविन नहुँदा सम्म शव उठाउँदैनौं मामाघरका हजुरवुवा र हजुरआमाले विरोध जनाउँदै भने ।
घर भित्रै बालकको निधन हुँदा पनि गाउँलेले थाहा पाए पनि घरकै परिवारले थाहा नपाएको भन्दै घटना संकास्पद भएको बताएका छन् । जेठी श्रीमती हुँदा हुँदै अर्की विवाह गरेका बुवाले छोरालाई सिध्याएको आरोप मावली पक्षको छ ।