बुधबार २४ जेठ २०८०

पूर्वडीआईजी रमेश खरेल कोरोना संक्रमणमुक्त,साँझसम्ममा खरेलको डिस्चार्ज हुने
May 31, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. सञ्जय श्रेष्ठले अनलाइनखबरलाई बताए ।

उनका अनुसार खरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी नर्मल बेडमा बसिरहेका छन् । सम्भवतः साँझसम्ममा खरेलको डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।

तीन साताअघि कोरोना संक्रमण भएका उनलाई निमोनिया भएपछि भ्यान्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

खुसी को खबर ।जेठ २० गते पछि निषेधाज्ञा खुल्ने ?

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ ।निषेधाज्ञा कहिले खुल्छ टुंगो छैन ।

इजरायलमा रहेका नेपालीहरूबाट टोखामा आयो यति ठुलो सहयोग (भिडियो हेर्नुहाेस्)
पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ । जुन सकारात्मक संकेत हो ।

एक साताअघिसम्म उपत्यकामा संक्रमण दर औसतमा तीन हजार बढी दैनिक थियो अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । **** भिडियो हेर्न तल क्लिक गर्नुहोला ****
नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको पराजुली बताउँछन् । तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअ पराजुली सहमत छन् । तर, अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने उनी बताउँछन् ।

जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ ।
यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको

केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।निषेधाज्ञा जारी राखेरै स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहजबनाउनेतर्फ आफूहरु सकारात्मक रहेको पराजुली बताउँछन् ।

उनले भने, “संक्रमणको दर घट्दै गए केही सहज पक्कै हुन्छ । तर, के–के हुन्छ, अहिले भन्न सकिँदैन ।

”निषेधाज्ञा बढ्दै जाँदा कतिपयले नागरिकलाई कहिलेसम्म थुनेर राख्ने हो भनेर आउने गुनासाहरुबारे पनि आफू जानकार रहेको पराजुली बताउँछन् ।**** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


Last Updated on: May 31st, 2021 at 4:36 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया