
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोका मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो पढाइ। त्यही सपना पूरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्।
उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए। बेवारिसेको शव व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सामेल गरेको थियो।
यो सफलतामा उनी अत्यन्त खुसी थिइन्। तर, उनलाई पढाइ छुटेकोमा उनलाई छटपटी थियो। २०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन्।
पढाइ छाडेर गलत बाटोमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्।आफू जति चर्चा पाएपनि उनलाई पढाइ छुटेको विषय खड्किरहन्थ्यो। प्रभावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्।
चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो। ‘मलाई बारम्बार खड्किएको विषय हो पढाइ, परिवारसँग यसअघि नै म जोडिएको थिएँ, तर मेरो सफलतामा पढाइ तगारो नबनोस् भनेर पुनःसुरु गरेकी हुँ,’ कुरा गर्दै सपनाले भनिन्।
पढाइ सुरु गर्न कलेज बुझिरहेकी उनलाई सामाजिक अभियान्ता पुकार बमले ह्वाइट हाउससँग जोडेका हुन्। लकडाउनको समयमा भोका मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जोडिएकी थिइन्।सुरुमा उनले कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढ्ने र स्नातक कानुन विषयमा गर्ने बताएकी थिइन्।चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो।
‘मलाई बारम्बार खड्किएको विषय हो पढाइ, परिवारसँग यसअघि नै म जोडिएको थिएँ, तर मेरो सफलतामा पढाइ तगारो नबनोस् भनेर पुनःसुरु गरेकी हुँ,’ नेपालखबरसँग कुरा गर्दै सपनाले भनिन्। पढाइ सुरु गर्न कलेज बुझिरहेकी उनलाई सामाजिक अभियान्ता पुकार बमले ह्वाइट हाउससँग जोडेका हुन्। लकडाउनको समयमा भोका मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जोडिएकी थिइन्।
सुरुमा उनले कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढ्ने र स्नातक कानुन विषयमा गर्ने बताएकी थिइन्। ह्वाइट हाउस कलेजका कानुन विषयका संयोजक हरिस भट्ट भन्छन्, ‘स्नातक कानुन पढ्ने हो भने अहिलेदेखि नै कानुन पढ्दा राम्रो हुन्छ भनेर हामीले सुझायौं, त्यसपछि उनी कानुन पढ्ने निर्णयमा पुगिन्।’ कलेजले सपनालाई नियमित उपस्थिति र बीचमा पढाइ छाड्न नपाइने सर्त राखेको छ। जसमा सहमत भएकी सपना अहिले लगनशील भएर पढिरहेको शिक्षक भट्टले बताए।
‘मेरो पढाइ बिग्रिएको छ, म जसरी पनि पढ्छु भन्ने अठोट सपनामा देखिन्छ,’ शिक्षक भट्टले सुनाए, ‘म जसरी पढ्छु भन्छिन्। उसको मेहनत देखेर म एकदमै खुसी छु।’त्यसबेला किन घर छाडिन् र किन पढाइ अलपत्र पारिन् उनी अब सम्झन चाहनन्। तर घर छाडेकोमा भन्दा पढाइ छाडेकोमा पछुतो महसुस गरेकी छन्।ह्वाइट हाउस कलेजका कार्यकारी निर्देशक काफ्लेले सपनाको कामको प्रशंसा गरे।
‘यस्तो राम्रो काम गरिरहेका विद्यार्थीलाई हामीले केही गर्न सकिन्छ भने किन नगर्ने भनेर पूर्ण छात्रवृत्तिमा पढाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘अहिले कक्षा ११ र १२ को लागि छात्रवृत्ति दिएका छौं। आवश्यक परेको खण्डमा त्यसपछिको पढाइमा पनि हामी सहयोग गर्छौँ।’विश्वका सय प्रभावशाली महिलाको सूचीमा सपना मगर पनि, जो पशुपतिमा शव जलाउँछिन् (भिडिओ)
१८ वर्षकै उमेरमा सपनाले निर्वाह गरेको समाजप्रतिको उत्तरदायित्व कलेजका लागि पनि उदाहरणीय भएको निर्देशक काफ्ले बताउँछन्।
‘निस्वार्थ जुन सामाजिक काम गरिरहेकी छन्, त्यसलाई निरन्तरता दिन सकून्, अरु सामाजिक काम गर्न प्रेरणा मिलोस् भन्ने चाहन्छौँ,’ निर्देशक काफ्ले भन्छन्, ‘मैले गरेको काम कसैले देख्दो रहेछ, सहयोग गर्दो रहेछ भन्ने उनलाई होस्। अरु विद्यार्थी भाइबहिनीहरुलाई पनि यस्तो काम गर्दा समाजले प्रोत्साहन गर्दो रहेछ भनेर प्रेरणा मिलोस्।’बिहान ६ बजेबाट सुरु भएको उनको कलेज १०ः४५ मा बिदा हुन्छ। त्यसपछि घर फर्किन्छिन् र गृहकार्य गर्छिन्। दिउँसोको समय भने बेवारिसे व्यवस्थापनको कामलाई निरन्तरता दिने उनको भनाइ छ।
पहिलेको संस्थाबाट अलग भइसकेपछि अहिले उनले आफ्नै नेतृत्वमा बेवारिसे व्यवस्थापनको काम गर्न संस्था दर्ता गरिसकेकी छन्। पछिल्लोसमय उनी आफ्नै संस्था मार्फत बेवारिसे व्यवस्थापनमा सक्रिय छन्।अब पढाइसँगै बेवारिसे व्यवस्थापनको काममा खटिने उनी बताउँछिन्।‘यी दुईवटै विषय मेरा लागि उस्तै हुन्। बेवारिसे व्यवस्थापन जसले मलाई यहाँसम्म ल्याइपुर्यायो, पढाइ पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘अब सँगै अगाडि बढाउँछु।’
यो हामीले नेपलखबरबाट लिएका हौँ
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट