
काठमाण्डौ- नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभामा एक स्थान मात्रै जितेको राप्रपालाई सरकारमा आउन अफर गरेको खुलासा भएको छ । ओलीले अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको अफर गरेको चर्चा भएको छ ।
बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई राप्रपाले सहयोग गरेको थियो । तर, प्रधानमन्त्री ओलीसँग थापा र अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीकोराम्रो सम्बन्ध भएपनि पशुपति शम्शेरको झुकाव देउवातर्फ छ । यसरी अलग धारका नेता हुँदा सरकारमा जाने नजाने भन्नेमा मतभेद रहेको देखिन्छ ।
विघटित प्रतिनिधिसभामा राप्रपाका विजयी एक मात्र सांसद राजेन्द्र लिङदेन हुन् ।
नेपाललाई विश्वमा चिनाउन प्रधानमन्त्री ओलीले गरे चमत्कार,
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले देशलाई विश्वमा चिनाउन सञ्चारको जगतमा नयाँ कदम चालेका छन् ।
सरकारले अब, ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पु¥याउन सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने भएको हो ।
शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल शुरु गरिने घोषणा भएको थियो।
नेपाली टेलिभिजन प्रसारणका इतिहासमा सो च्यानलले अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने कुरा पहिलो कदमका रुपमा लिइएको छ ।
च्यानलले नेपाल टेलिभिजनको प्रसारणलाई अन्तराष्ट्रियस्तरमा पु¥याउने छ ।च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ ।
‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन एनटिभी वल्र्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।
अन्तरराष्ट्रिय समुदायसँग नेपालको सीधै पहुँचन भएकाले छिट्टै सञ्चालन हुने ‘एनटिभी वल्र्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ ।
आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेलाबेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।
लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा सोमबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
मतदानका लागि मिलन केन्द्रमा ३ वटा मतदान केन्द्र निर्माण गरिएका छन्। जसमध्ये कोरोना पोजेटिभ जनप्रतिनिधिका लागि ‘ग’ मतदान केन्द्र तोकिएको कुँवरले बताए।मतदान सकिएको एक(डेढ घन्टाभित्रै मत गणना सुरू गर्ने र त्यसको एकाध घन्टाभित्रै मत परिणाम सार्वजनिक हुने सूचना अधिकारी कुँवरले बताए।
पाण्डे र खड्काबीच प्रतिस्पर्धा
अर्घाखाँचीमा माओवादी केन्द्रबाट निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गरेको थियो। कारबाहीपछि रिक्त रहेको पदका लागि सोमबार निर्वाचन हुन लागेको हो।
विपक्षी गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव(बाबुराम समूह, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले भित्रको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए।
त्यस्तै, माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका खड्कालाई एमालेको समर्थन छ। उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ।