बिहिबार १९ माघ २०७९

पायल्स रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन्। कब्जियत नै पायल्सको मुल कारण हो ।

जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ ।

पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। पायल्स रोग निको पार्ने केही घरेलु विधि यहाँ प्रस्तुत गरिएको छ । यी विधि अपनाउँदा पायल्स हुन नदिन र पायल्स भएकाहरुलाई निको पार्न उपयोगी सिद्ध हुनेछ।

पायल्स कसरी हुन्छ ?

हाम्रो शरीर को कुनै पनि अङ्गहरु मा विभिन्न रगत बग्ने नसाहरु भए झै हाम्रो मल्द्वार को मुखमा पनि मसिना के हि रगत बग्ने नसाहरु हुन्छन् । जब कुनै कारण उक्त नसाहरुमा दवाब पर्दछ वा ती नसाहरुमा असर पर्दछ तब ती नसाहरुमा घाउ हुने, फुल्ने वा ती नसा च्यातिने हुन्छ । यसरी ती नसामा घाउ भयो, च्यातियो, फुल्यो वा सुन्नियो भने उक्त समय दिसा गर्दा अति नै पीडा हुदछ । साथै दिसा मा रगत पनि आउदछ ।

पायल्स भएका विरामीहरुका लागि घ्यूकुमारी अचुक औषधी हो । पायल्स भएमा विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ।

 

एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पायल्स रोगीका लागि निकै फाइदाजनक हुन्छ । पायल्सका रोगीले तारेको/भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसा युक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभ (जैतुन)को तेल लगाउँदा पायल्सका विरामीहरुका लागि आराम मिल्छ ।

मूलाको रस बिहान बेलुका खाँदा पायल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ। दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो।

मलाशयमा भारीपन हुने, दिसा राम्रोसँग नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खाने कुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ ।

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ । त्यस्तै दिसा रोक्ने बानी अर्को कारण हो ।

स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या निवारण गर्न सकिन्छ । पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधि अपनाउनु पर्छ । सामन्य स्थितिमा खान पान, जीवन शैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ ।

पायल्स भएको अवस्थामा बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रीकं आदिको सेवन गर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ।

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ ।

अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ । मनिप्लान्ट, खासमा एक लहरे वनस्पति हो । यो इनडोर अर्थात घरभित्रै रोप्न मिल्ने प्रजातिको विरुवा हो । मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ ।

इनडोर प्लान्टको रुपमा लगाउँदा यसले घरको शोभा दिने नै भयो । घरको साजसज्जाका लागि मनीप्लान्ट लगाउन सकिन्छ । त्यसबाहेक पनि यसका केही फाइदा छन् ।

कतिपय यस्ता वनस्पति हुन्छन्, जो मानव एवं प्राणी जगतका लागि अति फाइदाजनक मानिन्छ । तुलसी, घिउकुमारी, चमेली, पिपल जस्ता वनस्पति निकै गुणकारी हुन्छन् । के मनिप्लान्ट पनि यस्तै बनस्पति हो ? के मनीप्लान्ट फैलियो भने घरमा समृद्धि भित्रिन्छ ?

यस्तो छ वास्तविकता

घर भित्र लगाइने हरियो बोटबिरुवाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ । मुख्यतया हरेक घरभित्र मनी प्लान्टको बोट लगाउने गरिन्छ । यसले घरको स्वरुपमा पनि केही परिवर्तन ल्याउँछ ।

मनी प्लान्ट एक साधारण बिरुवा हो जुन प्रायः हरेक घरभित्र हुन्छ । पुरानो मान्यता अनुसार घरभित्र मनी प्लान्ट लगाउनाले घरमा धनको बढोत्तरी हुन्छ । भनिन्छ मनी प्लान्टले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । वास्तु शास्त्र अनुसार मनी प्लान्टबाट फाइदा लिनको लागि सही नियमको पालना गर्नु आवश्यक छ ।

वास्तुशास्त्र अनुसार मनीप्लान्ट लगाउनुको फाइदा

१. दाम्पत्य जीवनमा सुख

नव विवाहित जोडीका लागि घर भित्र मनी प्लान्ट लगाउनाले पति पत्नी बीचको सम्बन्ध राम्रो हुन्छ भन्ने मान्यता रहिआएको छ । यदि कुनै कारणवश मनमुटाव भएको खण्डमा पनि त्यो लामो समयसम्म रहँदैन । तर विवाहित जोडीले यो कुरामा ध्यान राख्नु पर्छ कि मनी प्लान्ट कहिले पनि पूर्व-पश्चिम दिशामा लगाउनु हुँदैन ।

२. धन सम्पतीको बढोतरी हुन्छ

भनिन्छ मनी प्लान्ट जति हरियो र अधिक पातहरु हुन्छ त्यति नै धन सम्पतिको बढोत्तरी हुन्छ । आर्थिक स्थिति बलियो बनाउनको लागि पनि अधिकांश मानिसको घर भित्र मनी प्लान्ट लगाइएको हुन्छ । एउटा लोकप्रिय धारणा अनुसार मनी प्लान्टको सरसफाइ वा पहेँला पातहरु फ्याल्ने काम घरबाहिरको मान्छेले गरेमा त्यस घरमा पैसा अधिक मात्रामा आउने गर्दछ ।

३. सकारात्मक उर्जाको लागि

घर भित्र मनी प्लान्ट लगाउनाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ र घरको सबै सदस्य स्वस्थ रहन्छन् । यसको साथै मनी प्लान्ट लगाउनाले घर भित्र हरियाली हुन्छ र यो प्लान्ट लगाउँदा रोगबाट पनि मुक्त भइन्छ । घर भित्र मनी प्लान्ट लगाउँदा मस्तिष्क शान्त बनाउँछ र नकारात्मक विचारबाट मुक्ति मिल्दछ ।

४. राम्रो भाग्यको लागि

मनी प्लान्टलाई ‘लक्की प्लान्ट’ पनि मानिन्छ । यदि कुनै व्यक्तिको विवाह भइरहेको छैन वा विवाहमा ढिलो भइरहेको छ भने मनी प्लान्ट उसको लागि निकै लाभदायी हुन सक्छ । विवाहमा ढिलो भइरहेको छ भने घरको दक्षिण पूर्व दिशामा मनी प्लान्ट लगाउनाले विवाह चाँडै हुने विश्वास गरिन्छ ।

५. घर भित्रको हावा शुद्ध बनाउनको लागि

वैज्ञानिक परीक्षण गर्दा के पत्ता लाग्यो भने घरभित्र मनी प्लान्ट लगाउनाले घरको हावालाई शुद्ध बनाउछ । मनी प्लान्टले हावामा पाइने वोलाटाइल आर्गेनिक कम्पाउण्डलाई हावासँग फिल्टर गर्न मद्दत गर्दछ । यदि कुनै व्यक्तिलाई निन्द्राको समस्या छ भने मनी प्लान्ट लगाउनाले यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

६. तनावबाट मुक्त हुनको लागि

बैज्ञानिक मान्यता अनुसार मनी प्लान्ट घरभित्र कम्प्युटर टेबुल, टेलिभिजनसँगै वा भान्छा कोठामा लगाउनाले मानसिक समस्याबाट मुक्ति मिल्दछ । मनी प्लान्टले डिप्रेशन, तनाव र चिन्ता आदिबाट मुक्ति दिन्छ । यदि तपाईं मानसिक सुख शान्ति चाहनु हुन्छ वा तनावमुक्त हुन चाहनुहुन्छ भने तपाईंले आफ्नो घर भित्र मनी प्लान्ट लगाउनु पर्छ ।

मनी प्लान्ट लगाउने सहि तरिका

मनी प्लान्टलाई जहिले पनि दक्षिण पूर्वको दिशामा लगाउनु पर्छ । कहिले पनि उत्तर पूर्व वा पूर्व पश्चिम दिशामा लगाउनु हुँदैन । दक्षिण पूर्व दिशामा भगवान गणेशको बास हुन्छ । त्यसैले यो ठाउँमा मनी प्लान्ट लगाउनाले घरमा सुख समृद्धिमा बढोत्तरी हुन्छ ।

उत्तर पूर्व सबैभन्दा नकारात्मक ठाउँ मानिन्छ । त्यसैले यो दिशामा मन्दिर वा तुलसीको विरुवा मात्र लगाउनु पर्छ । मनी प्लान्टलाई कहिले पनि घर बाहिर लगाउनु हुँदैन । यो घर भित्र लगाउँदा मात्र लाभ मिल्दछ ।

मनी प्लान्टलाई कहिले पनि सुक्न दिनु हुँदैन । पानीको कमीले पातहरु पहेँलो हुने वित्तिकै निकालेर फाल्नु पर्छ । मान्यता अनुसार मनी प्लान्टको पात माथितिर बढ्दछ । त्यसैले यसको पातले कहिले पनि जमीन छुनु हुँदैन ।

 


Last Updated on: April 6th, 2022 at 11:25 am
१२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया