
काठमाडौं । फ’रार आ’रोपी प’क्राउ गर्न खोज्दा आइतबार प्रहरीले निकै सा’स्ती भोग्नुपरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट प’क्राउ गर्न खोज्यो । बसुन्धारा बस्ने खन्ती चो’री मु’द्दाका फ’रार आ’रोपी हुन् ।
प्रहरीको टिमले आफुलाई प’क्रन खोजेपछि खन्ती बागमती नदी करिडोर हुँदै भा’गे । प्रहरीले उनलाई पच्छ्याइरह्यो । आ’रोपी अघि–अघि भागे, प्रहरी पछि लाग्यो । गोकर्णको खोँचमा पुगेपछि आ’रोपी रुखमा चढेर भने–‘प’क्राउ गर्ने भए हा’मफा’लेर म’र्छु ।’
आफ्नै आँखा अगाडि आ’रोपीले ज्यान फाल्नु प्रहरीका लागी अप्रिय घटना हुने थियो । अनि, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्की नेतृत्वको टोली उनको ज्यान बचाउन तिर लागिपरे । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी नेतृत्वको थप मद्दत र वि’पद् व्यवस्थापनको उद्धार टोली बोलाएर लामो मेहनतपछि प्रहरीले ३६ वर्षीय सुकलालको उद्दार गरेको छ ।
‘लामो मेहनतपछि आ’रोपीलाई उद्दार गर्न सफल भएका छौं’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले भने– ‘मा’नसिक रोग विशेषज्ञ बोलाएर लामो समय काउन्सिलिङ गरेपछि आ’रोपी बल्ल फर्कन मानेका छन् ।’ नेपाल प्रहरी अस्पतालका मा’नसिक रोग विशेषज्ञ एसपी डा.आशिष दत्तले १ घण्टा काउन्सिलिङ गरेपछि सुकलालले ‘हा’मफालेर म’र्छु’ भन्ने ह’ठ छाडे । त्यसपछि वि’पद् व्यवस्थापनको उद्धार टोलीले ३० फिट तल भिरबाट उद्धार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गत माघ १ मा नयाँबाटी स्थित राजकुमार क्षेत्रीको घर फोडेर सुकलालले टिभी, घडी, मोवाइल र नगदसहित करिब ५ लाखको सामान चो’रेका थिए । राती मान्छे नभएको मौकामा उनले क्षेत्रीको घर फोडेको मु’द्दामा बौद्ध प्रहरीले उनलाई खोजिरहेको थियो । यसअघि पनि जे’ल बसेर निस्केका सुकलाल महानगरीय प्रहरी वृत्त बौद्धमा दर्ता भएका दुईवटा चो’री मु’द्दाका फ’रार आ’रोपी हुन् ।
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट