
जुम्ला।कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतिय भएकी छिन् ।
यस्तै पुरूषतर्फ अशोक बिक प्रथम भएका छन् भने दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन् ।
रुपन्देही, २५ चैत – केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।छिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्छन् ।
समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न बुटवल उपमहानगरपालिकाले विशेष लगानी ग¥यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला निर्माणले सामुदायिक विद्यालयको मुहार नै फेरियो ।
बुटवलको कान्ति माविमा अहिले झण्डै पाँच हजार विद्यार्थी अध्ययन गर्छन् । यस वर्ष गत वर्षभन्दा एक हजारले विद्यार्थी बढेका हुन् । दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतिजा राम्रो भएकै कारण विद्यालयमा आकर्षण बढेको कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउनुहुन्छ । “संस्थागत विद्यायमा खर्च बढी छ । न्यूनतम खर्चमा गुणस्तरीय शिक्षा लिन सकिने भएपछि विद्यार्थी सामुदायिक विद्यालयमा आउँछन् ”, प्रअ ज्ञवालीले भन्नुभयो, “सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारको निर्णयले गर्दा पनि सकारात्मक प्रभाव परेको हो ।”
सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेश भैरहवाबाट गरिएको मूल्याङ्कनमा आर्थिक वर्ष २०७७÷०७८ मा सो विद्यालय जिल्लाकै उत्कृष्ट ठहर भई पुरस्कृत भएको थियो । बुटवलकै नवीन औद्यागिक कदरबहादुर रिता माविमा पनि विद्यार्थीको चाप बढी छ । “विगतका वर्षमा भन्दा विद्यार्थीहरू अत्यधिक बढेका छन् अहिले राख्ने कोटा छैन”, प्रअ प्रेमबहादुर बस्नेत भन्नुहुन्छ । उहाँका अनुसार विद्यालय २०७० सालमा देशका ३३ उत्कृष्ट सामुदायिक विद्यालयमध्ये १९औँ स्थानमा सूचीकृत भएको तथा २०७५ मा लुम्बिनी प्रदेशमा पाँचौंँ स्थानमा, रुपन्देही जिल्लामा द्वितीय स्थानमा र ब्रिटिस काउन्सिलबाट आइएसए २०१७–२०२० र २०२१ देखि २४ प्राप्त गरेको छ ।
अङ्ग्रेजी माध्यममा अध्ययनअध्यापन गराइँँदै आएको सो सामुदायिक विद्यालयका करिब २२ जना विद्यार्थी यस वर्ष काठमाडौँसहित देशका विभिन्न इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिसहित अध्ययनका लागि छनोट हुन सफल भएका छन् । विद्यालयमा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन र शिक्षाशास्त्र सङ्काय गरी तीन हजार ६१५ विद्यार्थी अध्ययनरत तथा १४८ शिक्षक– कर्मचारी छन् । विद्यालयमा स्टाफ नर्सको पनि व्यवस्था गरिएको छ ।
देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक २०१८ सालमा स्थापित बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा शिक्षा, विज्ञान, कानुन, प्राविधिक शिक्षा र व्यवस्थापन सङ्कायमा अध्ययनअध्यापन हुँदै आएको छ । विद्यालयका प्रअ दिनेश थापाका अनुसार चार पटक २०७१ सालदेखि लगातार चारपटकसम्म विद्यालय अन्तरराष्ट्रिय स्कूल अवार्डबाट सम्मानित हुँदै आएको छ । यो देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट भई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट रु दुई लाख पुरस्कारसहित पुरस्कृत भएको छ । विसं २०७५ मा बुटवल – १० कै मानव ज्ञान माविसंँग गाभिएर कालिका मानव ज्ञान बनेको विद्यालयमा आठ हजार ७२ विद्यार्थी अध्ययनरत छन् ।“हामी विद्यार्थीलाई पढाउने भन्दा आफैँ सिक्न प्रेरित गर्छौँ र प्रोजेक्ट वर्कमा विशेष जोड दिन्छौँ, यो नै हाम्रो सफलताको आधार हो”, प्रअ थापा भन्नुहुन्छ ।