
मिहिनेत गरे फल पाइन्छ भन्ने थाहा थियो गणेश भण्डारीलाई ।
घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन्- असारदेखि निषेधाज्ञा खुकुलो पार्न सक…
त्यसैले त उनले तरकारी बेचेरै साढे तीन तले पक्की घर ठड्याउन सके ।
त्यो पनि काठमाडौं उपत्यकामा । देशमा रोजगारी भएन भनेर विदेश पलायन हुनेहरुलाई गतिलो उदाहरण बनेका छन् गणेश ।
हेर्नुहाेस् भिडियाेः
कामलाई सानो ठूलो भनि छुट्याउन नहुने उनको बुझाई छ
। त्यसैले त झण्डै १७ वर्षदेखि उनी लगातार यही पेसामा छन् । रोचक त के छ भने गणेश तरकारी बोकेरै ग्राहकको दैलोमा पुग्छन् ।
होटेल, पसल र आवासमा बिहानै तरकारी डेलिभरी दिएर शुरु हुन्छ उनको दैनिकी । यसबाहेक टहरोमै हुने बिक्री छँदैछ ।
ललितपुरको नक्खुस्थित एक टहरोमा उनको तरकारी पसल छ ।
निजी जग्गामा टहरो राखेवापत भाडा तिर्छन् उनी । बिहान ३ बजे नै उठेर बल्खु तरकारी बजार पुग्छन गणेश । पहिले साइकलमा तरकारी ओसार्थे ।
अहिले आफ्नै गाडी छ । पूरा माथिकाे भिडियाेमा हेर्नुहाेस् ।