
काठमाडौं
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आ’गोला’गीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गर्नु भएको छ ।
डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुग्नु भइ मन्त्री आलेले उपचारका लागि रकम प्रादन गर्नुभएको उहाँका प्रशासन सहायक भक्त आलेले जानकारी दिनुभयो ।
अ’ज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्र’ज्वलनशील प’दार्थ छ’र्केर आगो लगाउदा उहाँ जलेर गम्भीर घाइते हुनुभएको थियो ।
जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा नेपाली हेलिकप्टर मार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ ।
मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो । अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न
अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिनुभयो । घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।