आइतबार १४ आश्विन २०८०

काठमाडौ । नेकपा एमाले बाँकेका नेता डम्बर थापाको कोरोनाका कारण नि धन भएको छ । लामो समय नेपालगन्ज मेडिकल कलेजमा उपचारार्थ रहेका उनको सोमवार नि धन भएको हो ।

एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज समेत रहेका थापाको सोमबार दिउँसो सवा दुई बजे नि धन भएको एमालेले जनाएको छ ।

वैशाख २५ गते पीसिआर जाँच गर्दा उनी सं क्रमित भएो थाहा भएको थियो । उनी तत्काल अस्पताल भर्ना भएका थिए । पार्टीका सक्रिय नेता मात्र नभएर उनी सामाजिक अभियन्ता पनि थिए ।

युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले बताए ।

भनिन्छ दु स्मन नलागे पनि दैव नलागोस् । तर कसैको जिवनमा यति धेरै दु ख एक पछि अर्को पर्दै जान्छ की कसैले कल्पना पनि गरेको हुँदैन । नेकपा एमाले बाँकेका नेता डम्बर थापाले केही समय यता परिवारमा एक पछि अर्को व ज्रपात भोग्दै आए ।

गत वर्ष असोज महिनामा उनले जवान छोरा गु माए । बाँकेमा अ नुसन्धान प्रहरी रहेका उनका छोरा प्रवीण थापा मगरको अचानक मृ त्युले उनी निकै गलेका थिए । उनका जवान छोराको ह त्या भएको थियो ।

जवान छोरा गुमाउनुको पीडा एकातिर थियो भने लामो समय देखि अस्वस्थ्य रहेकी श्रीमतीको पनि सेवा गर्दै आएका थिए । त्यसै क्रममा उनको स्वास्थ्यकर्मी रहेकी छोरीको दुर्घटना समेत भएको थियो ।

छोरीको २ पटक मोटरसाइकल दुर्घटना भएको थियो । पारिवारिक समस्याले निकै थलिएका उनले अन्ततसंक्रमणसंग हारे ।

एक पछि अर्को पीडा सहदै आएका उनले जिवनलाई सहज बनाउने कोशिष गर्दै थिए । यहि क्रममा संक्रमित भएका उनी पनि रोग भने हारे ।


Last Updated on: June 1st, 2021 at 11:49 am
४९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया