शुक्रबार ०८ आश्विन २०७८

गाउँ घरमा पाइने दूधे झारका यस्ता छन् अद्भूत फाइदाहरु?
May 31, 2021 44
36
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

अहिले मानिसहरु चिकित्स उपचार पद्धतिमा मात्र भर नपरी आयुर्वेदिक पद्धतिइ पनि अगालिरहेका छन्। किन भने चिकित्सा पद्धतिका धरै साइड इफेट रहेको हुन्छ त्यसैले बजारमा अहिले थुपै जडिबुटी औषधि पाइने गर्दछन।
आज हामी तपाइलाई हाम्रो वरपर पाइने दुधे झारको बारेमा हामी चर्चा गछौ। जुन झारको प्रयोगबाट थुपै रोगको उपचार गर्न सकिन्छ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

दुधे झार सेतो दुध जस्तो रस निस्कने काण्ड भएको पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो। यसलाई नेपालीमा दुधे झार, अंग्रेजीमा कमन स्पर्ज भनिन्छ। यसको बिरुवालाई ‘आस्थमा प्लान्ट’ भन्ने गर्दछ। किनकि यो दम रोग (आस्थमा) को घरेलु उपचारमा प्रयोग हुन्छ।
उक्त बिरुवामा ट्राइटरपेन, फाइटोस्टेरोल्स्, टानिन्स्, पोलिफेनोल्स्, फ्लाभोन्वाइड्स, इसेसिन्यल आयल, अल्कल्वाइड्स, सापोनिन्स्, एमिनो एसिड्स, मिनरल्स् (खनिज पदार्थहरु) पाइन्छन्।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

आस्थमाको चियाले सुख्खा खोकीलाई नरम बनाएर खकार निकाल्न सजिलो बनाउँछ। साथै यसमा पाइने क्युरसिट्रिन (एक प्रकारको फ्लाभोन्वाइड ग्लाइकोसाइड) मा पखाला रोक्ने (एन्टि डायरिया) गुण पाइन्छ।

साथै यो आस्थमा बिरुवा पेटसम्बन्धी अरु गडबडी जस्तै आउँ, जुका तथा अन्य परजिवीहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।
उक्त बिरुवा खासमा सुख्खा खोकी, सास फेर्न गाह्रो पर्ने, ज्वरो आउने र अरु लक्षणहरुको उपचारमा प्रयोग हुँदै आएको जडीबुटी (हर्बल अल्टरनाटिभ) हो। यो विरुवा उमालेर चियाझैँ पिउन सकिन्छ र खोकीको लागि प्राथमिक उपचारको रुपमा लिन सकिन्छ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**


Last Updated on: June 1st, 2021 at 11:58 am
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया