
निषेधाज्ञामा कडाईः ‘अन द स्पोट’ जरिवाना गर्न थालियो, दुई हजारदेखि दुई लाखसम्म जरिवाना
June 1, 2021 6
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
विराटनगर, १७ जेठ । मोरङमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएपछि विराटनगरमा थप कडाई गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गरिएको हो । सडकमा सवारी साधनहरुले नियम उल्लंघन गरेको भन्दै प्रहरीले थप कडाइ गरेको हो ।
प्रहरीले नियम विपरीत र अत्यावश्यक बाहेकका सवारी साधन चलाउनेहरुलाई कडा कारवाही थालेको छ । प्रशासनले सोमबारदेखि विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्नेलाई ठाउँको कारवाही गर्दै रुपैयाँ जरिवाना तिराउन थालेको छ । विराटनगरमा सोमबारदेखि निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाइकललाई २ हजार रुपैयाँका दरले जरिवाना तिराइएको छ ।
साग सब्जि र खाद्य सामाग्रीका लागि समय तोकिएको र उक्त समयबाहेक सो काममा हिँड्नेलाई अन द स्पोट कारवाही गर्दै जरिवाना तिराउन थालिएको हो । आजदेखि प्रहरीले विराटनगरमा माइकिङ गर्दे निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ ।
मर्निङ वाक, इभिनिङ वाकमा हिड्ने, साइकल चलाउने र पशल खोल्नेलाई समेत जरिवाना तिराउन थालिएको छ । त्यस्तै अत्यावश्यक कामबाहेक कसैलाई पनि निषेधाज्ञा उल्लंघन नगर्न र गरेको खण्डमा कडा कारवाही गरिले प्रशासनको चेतावनी छ । प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेलाई दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने आदेश दिएको छ ।काठमाडौं / सरकारले वि’यर, ह्वि’स्की, वा’इन र चु’रोटमा अन्त:शुल्क ह्वातै बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यी वस्तुको अन्त:शुल्क बढाएका हुन् ।
बजेटमार्फत प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले वि’यरमा लाग्दै आएको अन्त:शुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्याइएको छ । बजेटबाट वा’इन लिटरको १६५ रुपैयाँ रहेको अन्त:शुल्क १ सय ९८ रुपैयाँ पुर्याइएको छ । १५ युपीको म’दिराको अन्त:शुल्क १५ सय ९२ रुपैयाँ पुर्याइएको छ । २५ युपीको म’दिरा लिटरमा ९ सय ९० रुपैयाँ लिँदै आएकोमा १ हजार १ सय १८ रुपैयाँ अन्त:शुल्क पुर्याइएको छ ।
३० युपीको म’दिरा ९२० रुपैयाँ अन्त:शुल्क लिइएकोमा १ हजार १ सय ५ रुपैयाँ पुर्याइएको छ । अन्य म’दिरामा १ हजार ३ सय २५ रुपैयाँ लिटर अन्त:शुल्क १ हजार ५ सय ९२ रुपैयाँ पुर्याइएको छ । अब वि’यर बो’तलको ५० रुपैयाँ बढ्नेछ । वल्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सनको मूल्य लिटरमा ४ सय रुपैयाँ बढ्नेछ । रुस्लान भो’ड्का र ८८४८ लिटरमा ३ सय रुपैयाँ बढ्ने अनुमान गरिएको छ ।
म’दिरा उद्यमी रवि केसीले सरकारले करको दर बढाएर नेपालको म’दिरा संसारकै महँ’गो बनाएको बताए । ‘हामीले बजेट आउनु अघि प्रिजेन्टेसन गरेर म’दिरा उद्योगको अवस्था र राजस्व बढ्ने आधारहरु प्रस्तुत गरेका थियौं । तर सरकारले बजेटमार्फत अत्याधिक मूल्य बढाएर स्वदेशी म’दिरा धरा’सायी बनाउन खोज्यो,’ उनले भने, ‘अब भारतीय म’दिरा अवै’ध रुपमा आएर बिक्री हुनेछ । नेपाली म’दिरा उद्योग समा’प्त हुनेछ ।’
उनका अनुसार भारतमा एक हजार रुपैयाँमा पाइने म’दिरा नेपालमा दुई हजार भन्दा म’हँगो हुनेछ । ‘उदाहरणकै लागि भारतमा ६ सय भारतीय रुपैयाँमा पाइने सिग्नेचर अब नेपालमा २१ सय रुपैयाँ पर्नेछ,’ उनले भने, ‘यो भनेको सिधा सरकारले अ’वैध व्यापारलाई प्रश्रय दिन खोजेको हो । यो निर्णयले राज्यले पनि ठूलै राजस्वमा मूल्य चुका’उनुपर्ने देखिन्छ ।’