आइतबार १४ जेठ २०८०

काठमाडौ

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा चरम लापरवाही भएको देखिएको छ । एक जना विरामीको अस्पतालको वडवाट लडेर निधन भएको छ । एक जना महिला सुगरको विरामी भएकाले अस्पताल भर्ना भएको र उनको वेडवाट लडेर निधन भएको बताइएको छ ।

उपचारको लागि भर्ना भएकी एक महिलाको सोमबार लडेर मृत्यु भएको जानकारी उनका आफन्तलाई चिकित्सकले दिएका छन् । सामान्य अवस्थामा बीपीको इमरजेन्सीमा ज्येष्ठ ११ गते भर्ना भएकी सिराहा गोलबजार(७ की ५५ बर्षीया महिलाको अस्पतालको बेडबाट लडेर मृत्यु भएको चिकित्सकले उनका आफन्तलाई जानकारी दिएका थिए ।

महिलाका आफन्तले यो अस्पतालको लापरवाही भनेका छन् । चिकित्सकले आफन्त कुरुवालाई ब्रिफिङ गर्नेक्रममा यस्तो जानकारी गराएको महिलाका ज्वाइँ धन नारायण श्रेष्ठले बताए ।

सोमबार दिउँसो २ बजे ब्रिफिङको क्रममा डाक्टरहरूले सासुआमा बेडबाट लडेको जानकारी गराएको र साढे ३ बजे तिर पुनः ब्रिफिङमा नाक र निधार लाई आइसले सेकिरहेको भन्दै जानकारी दिएको ज्वाइँ श्रेष्ठले जानकारी गराएका थिए ।


Last Updated on: June 1st, 2021 at 5:54 pm
५१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया