बुधबार ०४ जेठ २०७९

काठमाडौं, २ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनलले बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाखको चेक हस्तान्तरण गरेको छ । करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा,मनोरंजन प्रदान गर्दै आएको होमलाई उक्त सहयोग गरेको हो ।

बैंकले आफ्नो पन्ध्रौँ बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । बैंकले २ लाखको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरेको छ । बेबी लाईफ होममा रहेका २६ जना एचआईभी संक्रमित बालबालिका छन् ।

सिटिजन्स बैंकले हाल १७४ वटा शाखा, १२५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौं, १ बैशाख । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी दुर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज (बिहीबार) खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउनुहुँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए ।

पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै उनले जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा जोड दिए । जनयुद्दकालदेखिका कतिपय प्रशंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु ध्रुबीकरण हुन अपील गरे ।

अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत उनको भनाई छ ।

विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको बताए । नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताएका थिए ।

“हामी नेपाली जनयुद्धलाई अगाडि बढाउन क्रममा जसरी लामबद्ध भएर अगाडि गयौं, पछिल्ला दिनहरुमा हाम्रा अभियानहरु क्षतविक्षत अवस्थामा पुगेको अनुभूति गरेका छौं, प्रतिक्रियावादीहरुले सिँगो माओवादी आन्दोलनलाई कमजोर बनाउन धावा बोलिरहेका छन् ।” उनले भने, “अब पूर्व माओवादीहरु माओवादी धारामा केन्द्रीत भएर प्रतिक्रियावादीविरुद्ध चट्टान भएर खडा हुनुपर्छ ।”


Last Updated on: April 15th, 2022 at 12:05 pm
७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया