
काठमाडौ । सरकार गिराउने र टिकाउने काममा निकै प्रयोग गरिएका पछिल्ला पात्र रेशम चौधरीका बारेमा सरकारले थारुहट, थारुवान संयुक्त संघर्ष समितिसंग लिखित सहमति गरेको छ । चौधरीको रिहाई लगायत थारुवानसंग सरकारले ६ बुँदे सहमति गरेको हो । थारुवानले सरकारसंग भएको सहमति पत्र सार्वजनिक गरेको छ । जसमा रेशम चौधरी लगायतमाथि लगाइएको मु द्दा फि र्ता लिइने उल्लेख छ ।
जेलमा रहेका चौधरीको रिहाईका लागि सरकारले पहल गर्ने प्रतिवद्धता समेत जनाएको छ । सहमति अनुसार थरुहट, थरुवान आन्दोलनका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने ,शहिद परिवारको उचित व्यवस्थापन गर्ने,घा इ ते को उपचार गर्न सरकार सहमत भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ भने संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छ
SUGGESTED NEWS
Mgid
Mgid
Make Your Own Product For Your Scalp
Limelight Media
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar