बिहिबार ११ आश्विन २०८०

एजेन्सी । ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृत्यु भएको छ । उनी दुई वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी हुन् । ब्रेन ट्युमरको समस्या देखिएर त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ। श्रीमान सञ्जय महर्जन पनि उनीसँगै थिए । रमिलाको दाहसंस्कार सोमबार अष्ट्रेलियामै गरिएको छ।

२ वर्षअघि मात्रै उनको विवाह भएको थियो। रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्। रमिलाको मृत्युप्रति अनन्त स्कुलका प्रिन्सिपल गोपालप्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत दुस्ख व्यक्त गरेका छन्।


Last Updated on: June 1st, 2021 at 6:18 pm
४३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया