
मोरङको बेलबारीमा एक अचम्मको घटना भएको छ । त्यहाँ नगरपालिका १० भाउन्ने बस्ने एक युवतीमाथि अनैतिक कामको प्रयास भएको छ भने त्यसो गर्ने पनि गाउँकै युवा छन् । घटना गाउँकै भएकाले गाउँमै मिलाउनु पर्ने अड्डा अदालत नगर्न युवतीका ससुरालाई दवाव दिइएको छ । यसकारण ती ससुराले समस्या महसुस गरेका छन् ।
ती २१ बर्षिया युवतीमाथि स्थानीय ती युवाले त्यस्तो कार्यको प्रयास गरी फरार भएका छन् । युवतीका श्रीमान बैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका छन् । उनले ११ महिनाको छोरा सहित घरमै पसल गर्दै आएकी छन् । यसै क्रममा ती महिलामाथि जेठ १३ गते बेलुका पसलमा चटपटे खान आएका स्थानीय गोपाल निरौलाले उक्त घटना गराएको युवतीले जानकारी दिएकी छिन् ।
SUGGESTED NEWS
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
Make Your Own Product For Your Scalp
Limelight Media
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
युवतीका अनुसार ती महिलाले चटपटे दिएर आफु खाना पकाउन भित्र छिरेपछि भित्रै आएर पछाडीबाट नीजि अङगमा समातेको र कि स गर भन्दै कोशिस गरेपछि आफुले गुहार माग्दै माथिल्लो तलामा गएको उनले बताइन् । आफू कराएपछि ती युवा त्यहाँबाट भा गे को समेत उनले बताइन् ।
घटना मिलाउनुपर्छ भन्दै स्थानीय केही ब्यत्तिहरु दैनिक घरमा आएको युवतीका ससुरा बताउँछन् । यस्तो गर्नेमा स्थानीय गाँउलेदेखि बेलबारी नगरपालिकाको एकजना कार्यपालिका सदस्य समेत रहेकी छिन् । उनीहरुले २० हजारदेखि ५० हजार सम्म दिने तर घटना मिलाउनुपर्ने भन्दै दबाब दिईरहेका छन् । उनीहरुले घटना भएकै साँझ ईलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी गरेको जनाएका छन् । प्रहरीले घटनामा संलग्न युवाको खोजी भै रहेको जनाएको छ ।