आइतबार २१ जेठ २०८०

यूएईले विशेष विमानमार्फत १ सय ५० भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल पठाउने!

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) ले को’रो’ना भा’इ’रस वि’रु’द्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । यूएईले १ सय ५० भेन्टिलेटरसहित झण्डै १० टन स्वास्थ्य सामाग्री विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो ।यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासका अनुसार यूएई सरकारले यी

स्वास्थ्य सामग्री आउँदो बुधबार बिहान यूएईको आफ्नै विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो । यूएईले गर्न लागेको यो सहयोग खाडीको देशबाट सरकारी तवरमा गर्न लागेको पहिलो सहयोग हो । नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा यूएईमा रहेको नेपाली दूतावासमार्फत कु’टनीतिक रुपमा गरिएको

सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिँदै सहयोग गर्न लागेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।यसैबीच परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालय तथा यूएईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र आबुधाबी ग्लोबल मार्केट(एडीजीएम)का अध्यक्ष अहमद बिन अलि स्याघबीच आइतबार भर्चुअल बैठक भएको थियो ।

बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौडेलसहित यूएईका उच्च अधिकारीहरूको सहभागिता थियो । बैठकमा को’भि’ड–१९ म’हा’मा’रीविरु’द्ध नेपाल र यूएईबीच सहकार्य गर्नेलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ ।बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले को’रो’ना म’हा’मा’रीको समयमा यूएईमा रहेको नेपाली समुदाय तथा नेपाली नागरिकलाई यूएईले गरेको सहयोगको प्र’शंसासमेत गर्नुभएको थियो ।

यूएईले गएको वर्ष पनि नेपाललाई को’रो’ना स’ङ्क्र’मितको उपचारमा सं’लग्न स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: June 2nd, 2021 at 12:13 am
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया