मंगलबार १६ आश्विन २०८०

उज्जवल थापाको निधन पस्चात रवी लामिछाने ले लेखेको यो स्टाटस ले सबैलाई रुवायो ! एक पटक अवश्य पढ्नुहोला
June 1, 2021 20
20
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
असाध्यै अर्थपुर्ण जीवन बाचेर बिदा हुनु भएको छ, स्वर्गमा वास होस्,हार्दिक श्रद्धाञ्जली उज्वल जी। अन्ततः यो पुस्ताले एउटा होनहार नेता गुमायो।संस्कार सहितको राजनीतिको बीउ रोपेर जानू भएको छ, एक दिन यो अवश्य झांगिने छ। परिवारजनमा यो पिडा सहन सक्ने शक्ति देउ भगवान ??

काठमाडौं, १८ जेठ । उज्ज्वल थापा १९ वर्षकै उमेरमा खगोलविद् बन्ने सपना बोकेर अमेरिका छिरेका थिए । बुढानिलकण्ठ स्कुलका उत्पादन थापालाइ छात्रवृत्ति मिलेको थियो । कलिलो उमेरमा अमेरिका प्रवेश गरेका उनी मल्टिीमिडिया डिजाइनर बने । उनी भिक्षु बन्ने सोचमा समेत पुगेका थिए । तर, पछि उद्दमी बने ।

अमेरिकामा आइटीमा राम्रो अवसर पाएका थिए । बेनिङटन कलेजमा प्राज्ञिक तालिम लिएका उनी नेपालर्म आइटी कम्पनी खोल्न र नेपाल बनाउन फर्किएका थिए । उनीसँग मिसन र भिजन दुवै थियो ।

उद्दम गर्ने, आर्थिक रुपमा स्वामलम्बी हुनेहरु राजनीतिमा हाबी हुनुपर्छ भन्ने मान्यता राख्थे । त्यही मिसनमा उनले इन्टरप्रेनर्स फर नेपाल भन्ने अभियान नै चलाए । उद्दमीहरु देशभर उत्पादन गर्ने लक्ष्यका साथ काम गरे । डिजिल म्याक्स सोलुसन सुरु गरे ।

उज्ज्वल थापाले धेरै कम्पनीहरु खडा गर्न सहयोगी भूमिका निभाए । कतिपय युवा उद्दमीका लागि उनी पथप्रदर्शक नै बने । ३० भन्दा बढी कम्पनी उनकै प्रोत्साहनमा खुलेका थिए ।

थापा स्वयंले वल्डप्रेस नेपाल शुरु गरे जसमा ५ हजारभन्दा बढी आइटी समुदाय रहे । उनले उद्दमी बन्दा र बनाउँदा बनाउँदै विवेकशील नेपालको स्थापना गरेका थिए । जसको उद्देश्य शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणका लागि जवाफदेही र नैतिकवान नेता उत्पादन गर्ने थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: June 2nd, 2021 at 12:30 am
७१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया