
१० वर्षअघि सुनामीमा हराएकी श्रीमतीको खोजीमा एक व्यक्तिले १० वर्षदेखि अ’हिलेसम्म पनि समुद्रको गहिराइमा डुबुल्की मारिरहेका छन् । जापानका या’सुओ ता’कामात्सुकी पत्नी युको १० वर्षअघि २०११ मा आएको सुनामीमा परेर बे’पत्ता भएकी थिइन् ।
यासुतोले आफ्नी श्री’मतीलाई खो’ज्नको लागि अण्डरवाटर डाइभिङको लाइसेन्स पनि लिइसकेका छन् । उनले विगत ७ वर्षदेखि एक्लै अ’ण्डरवाटर डाइभिङ गरिरहेका छन् । उनलाई आफ्नी पत्नीसँग सम्बन्धित कुनै पनि चीज भेटिने आशा छ ।
जापानमा सु’नामीमा करिब २५ सय मानिस बे’पत्ता भएका थिए । त्यसैले जापान सरकारले विगत केही वर्षदेखि अ’ण्डरवाटर सर्च अ’भियान चलाइरहेको छ । यासुओले निजी रुपमा अ’ण्डरवाटर डा’इभिङ त गर्छन् नै साथमा उनी स्थानीय प्रशासनसँग हरेक महिना सम्पर्क गरेपछि उनीहरुसँग पनि संर्च अभियानको लागि सहभागी हुन्छन् ।
अहिलेसम्म या’सुओले पानीभित्र कपडा, एल्बम लगायतका कैयौं चीजहरु भेटिसकेका छन् तर यी सबै अन्य व्यक्तिहरुका हुन् । अहिलेसम्म उनले आफ्नी पत्नीसँग सम्बन्धित कुनै चीज भेट्न सकेका छैनन् ।
जापानमा २०११ मा ७०० कि’लोमिटर प्रतिघण्टाको गतिमा १३३ फिट अग्लो सुनामीका लाहर जापानको उत्तर पू’र्वी क्षेत्रमा आएका थिए । यो सुनामीले फुकुसिमा आ’णविक प्ला’न्टलाई पनि क्ष’तिग्र’स्त बनाएको थियो । यसलाई यु’क्रेनको चेनरोबिलपछि सबैभन्दा ठूलो न्यू’क्लियर विनाश मानिन्छ । यो सु’नामीमा १५ हजार जना मा’रिएका थिए । करिब २ लाख ३० हजार ना’गरिकले घर छाड्नुपरेको थियो।
द सनका अनुसार यो सु’नामी आउँदा या’सुओ प’त्नीका विषयमा चिन्तित थिएनन् किनकि उनकी पत्नीले काम गर्ने ठाउँ पहाडको पछाडि थियो । तर, सु’नामीको ती’ब्रता बढेपछि उनले काम गर्ने बैं’कका पनि कैयौं कर्मचारी डुबेका थिए जसमध्ये यासुओकी प’त्नी पनि थिइन् ।
या’सुओकी प’त्नीको शरीर अझै बेपत्ता छ । यासुओले आफ्नो जीवन प’त्नीको खोजीमा लगाइसकेका छन् । यासुओका अनुसार उनकी प’त्नीले अन्तिम म्यासेजमा आफू बैंकको कामले थाकेको र घर आउन चाहेको बताएकी थिइन् । यही कारण यासुओलाई अझै पनि उनकी प’त्नी घर फर्किन चाहन्छिन् भन्ने लाग्छ र उनले प’त्नीको खोजी गरिरहेका छन्।
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट