
मैले खाना नखाएको दुई महिना भयो ,संसारमा कोहि छैन ,आमा धुरुधुरु रुन्छिन् ,कठै बिचरा (हेर्नुस् भिडियो
June 2, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
छन गेडा सबै मेरा छैनन् गेडा सबै डेढा ।बाचुन्जेल मान्छेले आफू अरु भन्दा सर्वश्रेष्ठ हुन खोज्छ र चाहान्छ पनि ।त्यहि क्रममा लोभ लालच डाहा आदि गर्छ तर अन्तिममा उ बितेर जान्छ र स्वयम् आफ्नो परिचय सहित गु,X मा, X एर बिलाउछ ।जिन्दगीको ध्रुवसत्य थाहा छदाछदै पनि आखिर संघर्ष जो मनुष्य निरन्तर गरिनै रहन्छ ।
एक बृद्ध आमा काठमाडौंको एउटा सानो कोठामा बस्नुहुन्छ ।यो संसारमा उहाको आफ्नो भन्ने बिल्कुलै कोहि पनि छैन् ।आमा पहिले धादिङमा आश्रममा बस्नुहुन्थ्यो र बिगत केहि महिनादेखि यता आउनुभएको हो ।आमाको एकजना सन्तान थिए र तिनिलाई पनि साथिहरुले मिलेर मा`X रि, X दि, X एको आमा बताउनुहुन्छ ।
आमाले खाना नखाएको २ महिना भएको आमा बताउनुहुन्छ ।सामान्य बिस्कुट र फुका चिउरा चपाउदै रुदै आफुले दिनरात बिताउदै आएको उहाँ बताउनुहुन्छ ।उहासग छ भन्ने केही पनि छैन् ।सहारा भन्ने कोहि पनि छैन् ।तिनै आमाको व्यथा पीडा आजको यश शृङ्खलामा पेश गर्देछौ ।
सर्लाही जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारीहरुले आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्य वृद्धि गरेका हुन् । कोरोना भाइरसबाट सङ्क्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजार भाउ बढेपछि सर्वसाधारण चिन्तित बनेका छन् । दिनभरको कमाइले साँझ बिहान हातमुख जोड्ने सर्वसाधारण कृत्रिम मूल्य वृद्धिबाट सबैभन्दा बढी मारमा परेको स्थानीय जानकार उमासिंह साहले बताउनुभयो ।थोक व्यापारीहरुले नै सामानको मूल्य बढाएपछि बाध्य भएर आफूहरुले पनि मूल्य बढाएको साना तथा खुद्रा व्यापारीले बताएका छन् । बजारमा अहिले चामल, दाल, चना, मटर ,खानेतेलदेखि प्याकिङ गरिएका खाद्य वस्तुहरुमा मूल्य वृद्धि भएको छ । निषेधाज्ञाअघि थोक व्यापारीले प्रतिकार्टुन रु दुई हजार ४५० मा दिँदै आएको सनफ्लावर खानेतेल अहिले प्रतिकार्टुनमा रु १०० ले बढाएर रु दुई हजार ५५० मा बिक्री गर्ने गरेको लालबन्दीका एक खुद्रा व्यापारी जोगिन्द्र महतोले बताउनुभयो ।
जिल्लाका शहरी तथा ग्रामीण भेगका बजारमा सबैखाले सामानमा निषेधाज्ञा हुनुअघिको खुद्रा मूल्य र त्यसपछिको मूल्यमा रु १० देखि रु १०० सम्म बढाएर बिक्री भइरहेको पाइएको छ ।
ग्रामीण भेगका व्यापारीहरुले बजारमा रिचार्ज कार्डको कमी भएको भन्दै रु ५० को रिचार्ज कार्डमा रु पाँच र १०० को रिचार्ज कार्डमा रु १० थप गरेर लिने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । थोक बिक्रेताले सबैखाले वस्तुमा मूल्य बढाएका कारण सानातिना खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनुपरेको व्यवसायीहरुको भनाइ छ । निषेधाज्ञाका बेला पनि सरकारले खाद्यान्नलगायतका अन्य दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा कुनै रोक नलगाएको भए पनि ढुवानी र लोड अनलोड गर्न मजदुरहरुको अभाव देखाएर थोक बिक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ ।
यसरी अस्वाभाविकरूपमा दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको विषयमा जान्दाजान्दै सरोकारवाला तथा नियमनकारी निकाय अनभिज्ञ हुँदा निषेधाज्ञाले गर्दा रोजगारी गुमाएका सर्वसाधारण विपन्न वर्ग महँगोमा खाद्यान्न किन्न बाध्य भएको स्थानीयवासी सुन्दरश्याम यादवले गुनासो गर्नुभयो । उहाँका अनुसार लकडाउनसँगै खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा स्थानीय निकाय, उद्योग वाणिज्य सङ्घ र जिल्लास्तरीय बजार अनुगमन समिति मौन बसेको सर्वसाधारणको आरोप छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******