
घरघरमा पुगेर पिसिआर परीक्षण गर्ने, स्वाँब संकलनबापत् शुल्क ५ सय मात्र
June 2, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको को’रो’ना स’ङ्क्र’मण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।
पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव स’ङ्कलन गर्न लागेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागिएको राससलाई जानकारी दिएका छन्। उनले भने, ‘गत बुधबारदेखि पिसिआर प’रीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागेको हौँ ।’
स्वाँव सङ्कलनको रकम अनलाइनमार्फत भुक्तानी गर्नमिल्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । पिसिआर परीक्षणको रिपोर्ट भने इमेलमार्फत सम्बन्धित व्यक्तिमा पुर्याउने व्यवस्था मिलाइएको जनाइएको छ ।
अस्पतालले पिसिआर परीक्षणका लागि रु एक हजार ५ सय शुल्क तोकेको छ । यस्तै, बिरामीको घरमा पुगेर स्वाँव लिएमा सेवा बापत थप ५ सय लाग्नेछ । सरकारले दुई हजारसम्म पिसिआर परीक्षणका लागि शुल्क तोकेपनि अस्पतालले सरकारले तोकेको दरभन्दा कम शुल्कमा परीक्षण गर्न लागेको हो ।
सहुलियत दरमा पिसिआर परिक्षण सेवा यही जेठ ३१ गतेसम्म प्रदान गर्ने र अस्पतालमा पिसिआर आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने जनाइएको छ ।
‘थर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक अ’त्याधुनिक मेसिनबाट एक पटकमा ९६ को स्वाव परीक्षण गर्न मिल्नेछ । परीक्षण प्रयोगशाला जडानसँगै अब बिरामी, अस्पतालका डाक्टर तथा कर्मचारी पिसिआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था जानुनपर्ने भएको छ ।
स्वाँव सङ्कलन गरेको ५ देखि ६ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने अस्पतालले जनाएको छ । उक्त प्रयोगशालामा को’भि’ड बाहेक अन्य भा’इ’रसको समेत परी’क्ष’ण गर्न मिल्नेछ । आगामी दिनमा बि’रामीको चा’पअनुसार पिसिआर परीक्षण सेवा विस्तार गर्दै लैजाने सो अस्पतालले जनाएको छ ।
वि.स. २०६९ सालमा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।