
चौधरी ग्रुपको बियर प्लान्टमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर बाहिर
June 2, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौँ । नवलपरासी पुर्व देवचुली नगरपालिका २ स्थित चौधरी उद्योग ग्राममा भिषण आगलागी भएको छ। चौधरी उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो।
आगलागी भएर सो आगो नियन्त्रण बाहिर बाहिर गएको उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बताए। बिहान ८:२० बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न दमकल,नेपाले सेना, प्रहरी र कर्मचारीहरुको प्रयास जारी रहेको पौडेलले बताए।
अनावश्यक मोटोपनका कारण मानिसहरु हैरान भइरहेका हुन्छन् । तौल घटाउनका लागि मानिसहरुले आफ्नो खान्कीबाट क्यालोरीयुक्त खानालाई पूर्ण रुपमा बन्द गर्छन् । र कम क्यालोरीयुक्त खाना खान शुरु गर्छन् । तर, कम क्यालोरीयुक्त खानाको बाब्जुद नेगेटिभ क्यालोरी खाना
मोटोपन नियन्त्रणमा बढी नै सहयोगी बन्नेछ ।
यस्ता खाद्य वस्तुमा क्यालोरीको मात्रा अत्यन्तै कम हुन्छ । यसैले यस्ता खाद्य वस्तुलाई तौल कम गर्नका लागि कुनै पनि वेट लुज डाइट (तौल कम गर्ने खाना) मा समेटिएको हुन्छ ।के हो नेगेटिभ क्यालोरी ?नेगेटिभ क्यालोरी खाना यस्तो खाद्य पदार्थ हो, जसलाई पचाउनका लागि पनि क्यालोरीको आवश्यकता पर्दछ । एक सय ग्राम नेगेटिभ क्यालोरी खाना पचाउन तपाईंको शरीरमा दुई सय क्यालोरी पग्लिने
छ । यद्यपि, यस्तो खाद्य पदार्थमा कुनै पनि पोषक तत्व हुँदैन, खाली क्यालोरी मात्र हुन्छ । यसले तपाईंको शरीरमा जम्मा भएर बोसो अर्थात फ्याट बनाउन थाल्दछ । र खाना पचाउनका लागि शरीरमा क्यालोरी पगाल्न थाल्दछ । यसले तपाईंको शरीरको तौल बढ्नुको सट्टा कम हुन थाल्दछ ।नेगेटिभ क्यालोरी खानानेगेटिभ क्यालोरी धेरैजसो बोटबिरुवाबाट प्राप्त हुने वस्तुमा पाइन्छ । यसका साथै फल, तरकारी आदिमा पनि नेगेटिभ क्यालोरी हुन्छ । यस्ता खाद्य वस्तुबाट तपाईंले स्वस्थ क्यालोरी मात्रै नभएर भिटामिन्स, खनिज पदार्थ तथा
फाइबर पनि प्राप्त गर्नु हुनेछ । यसका साथै शरीरलाई सन्तुलित राख्न पनि यस्ता खाद्य वस्तुले महत्वपूर्ण भूमिका खेल्नेछन् । जसका कारण तपाईंको तौल कम हुनेछ साथै नियन्त्रण पनि हुनेछ ।ब्रेकफास्टमा यी पाँच नेगेटिभ क्यालोरी फल राख्नुहोस्
स्याऊः स्याऊ खानाले तपाईंको मोटोपन मात्र कम हुने छैन, यसले अन्य रोगबाट पनि बचाउने छ । यसले तपाईंको पेट दिनभर भरी रहने छ । यस्तै स्याऊले तपाईंको शरीरमा चिनीको मात्रलाई पनि नियन्त्रण गर्न मद्दत गर्नेछ । पेट अघाइ रह्यो भने तपाईं बढी खाना र अस्वस्थकर खाना खानबाट बच्नु हुनेछ । जसले तपार्ईंको तौल कम गर्न सहयोग गर्नेछ ।
क्याल्सियमयुक्त साना फलः अमिलो, मीठो स्वादका साना फल पनि कम क्यालोरी भएका फल हुन् । जो तौल कम गर्नका लागि अत्यन्तै सहयोगी हुन्छन् । आधा कप अंगुर, स्टोबेरी तथा किम्बुमा मात्र ३२ क्यालोरी हुन्छ । साथै यसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
तर्बुजाः एक सय ग्राम तर्बुजामा ९५ प्रतिशत पानीका साथै ३० क्यालोरी हुन्छ । त्यसैले यो शरीरको तौल कम गर्नका लागि अत्यन्तै लाभदायक हुन्छ । त्यसैले तपाईंले यसलाई सलाद वा जुसको रुपमा तौल कम गर्न खान सक्नु हुनेछ ।
कागतीः युएसडिएका अनुसार एक सय ग्राम कागतीमा २९ क्यालोरी मात्र हुन्छ । यसैले यसको सेवनले छिटै तौल घटाउँछ । साथै यसमा हुने भिटामिन ‘सि’ले तपाईंलाई स्वास्थ पनि राख्ने छ । तौल घटाउनका लागि तपाईंले कागती पानी बनाएर पनि सेवन गर्न सक्नु हुनेछ । यस्तै यसलाई सलादको रुपमा पनि खान सक्नु हुनेछ ।
अंगुरः एक सय ग्राम अंगुरमा ४० क्यालोरी हुन्छ । साथै यो एन्टिअक्सिडेन्ट, भिटामिन तथा खनिजको लागि पनि अत्यन्तै राम्रो फल हो । यसको सेवनले मोटोपन कम हुनुका साथै शरीरलाई स्वास्थ पनि राख्नेछ![]
हामीलाई घोषण गरेको भत्ता खोइ?
जाजरकोट, जेठ १६ । सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् ।
कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा जोडिएवापत पाउनुपर्ने सेवा–सुविधा नपाएको भन्दै चिकित्सकहरूले लिखितरूपमै सेवा बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
उनीहरूले स्वास्थ्य सेवा कार्यालयमार्फत कर्णाली प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीलाई माग सम्बोधन गर्न आग्रह गरेका छन् । जिल्ला अस्पतालमा कार्यरत पाँच चिकित्सकले नै त्यो सेवा सुविधा नपाएको भन्दै उनीहरुले यस्तो बताएका हुन् ।
चालु आर्थिक वर्षको कुनै पनि महिनाको सेवा सुविधा नपाएको भन्दै उनीहरूले तत्कालै त्यसको परिपूर्तिका लागि सबैको ध्यानाकर्षण गराएका हुन् ।
डा मेलिना हमाल, प्रशन्ना कार्की, रुविना श्रेष्ठ, राजसिंह धुरेल र हेमन्त शाहीले कोभिड–१९ भत्ता नपाएको बताएका छन् । अग्रपङ्क्तिमा रहेर कोरोना उपचार, रोकथाम र नियन्त्रणमा लागे पनि आफूहरूमाथि बेवास्ता भएको डा हमालले बताए।
अरू स्वास्थ्यकर्मीले भत्ता पाइसक्दा चिकित्सकलाई नै यो सेवाबाट वञ्चित गरिनु विडम्बना भएको उहाँको भनाइ छ । उनको अनुसार चिकित्सकले चालु आर्थिक वर्ष सकिन लाग्दासमेत गत वर्षकै सेवा सुविधा पाएका छैनन् । यता जाजरकोटका चिकित्सकहरुले कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहलाई भेटेर गुनासो पोखेका छन् ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक अमरसिंह शाहीले चिकित्सकहरूले उठाएका मागबारे प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा जानकारी गराइएको बताए ।
प्रदेश सरकारको निर्णय कार्यान्वयन नहुँदा चिकित्सकहरू समस्यामा परेका हुन् । गत वर्ष कर्णाली सरकारले कर्णालीका तीन जिल्लाका चिकित्सकलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । प्रदेश सरकारले डोल्पा, मुगु र हुम्लाका चिकित्सकलाई शतप्रतिशत कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
सरकारले बाँकी सात जिल्लाका चिकित्सकलाई कर्णाली प्रोत्साहन भत्तावापत ५० प्रतिशत र कोभिड भत्तावापत शतप्रतिशत रकम दिइरहेको छ । डा हमालले कर्णालीमा चिकित्सक बसेनन् भनेर दिइएको प्रोत्साहन भत्तालाई कोभिडको जोखिममा उपचार गरेको भत्तामै मिसाउन नहुने बताए । अरू सबैले भत्ता लिँदा चिकित्सकलाई मात्रै नदिने कुराले हतोत्साहित बनाएको उनको भनाइ छ ।
“सङ्घीय सरकारले कोभिड भत्तावापत ५० प्रतिशत दिने निर्णय गरेको छ तर कार्यान्वयनमा गएको छैन”, उनले भने, “हामी चौबीसै घण्टा सङ्क्रमितको सेवामा खट्दा पनि पेलिएका छौँ ।” प्रदेश सरकारले भत्ता दिने निर्देशन दिए कार्यालयले उपलब्ध गराउन सक्ने निमित्त व्यवस्थापक शाहीले बताए ।
चिकित्सक अभाव
डोल्पा अस्पतालमा चिकित्सक अभाव भएको छ । आठ चिकित्सकको दरबन्दी भएको ठाउँमा मुस्किलले तीन जना मात्रै चिकित्सक छन् । सबै करारमा कार्यरत चिकित्सक भएका कारण दरबन्दीमा रहेका चिकित्सकहरु तत्काल आउनुपर्ने डोल्पावासीको माग छ । दैनिक कोरोनाका बिरामीको सङ्ख्या वृद्धि भइरहँदा अहिले रहेका चिकित्सकले सबै खालका बिरामीको सङ्ख्यालाई उपचार गर्न मुस्किल भएको चिकित्सकले बताएका छन् ।
अक्सिजन पु¥याउन मुस्किल**
बाँकेको नेपालगञ्जबाट डोल्पासम्म अक्सिजन भरेर ल्याउन समस्या हुने गरेको छ । नेपालगञ्ज, सुर्खेत, सल्यान, जाजरकोट हुँदै डोल्पा अक्सिजन लैजानपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा ल्याइएको अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदा बाहिरबाट अक्सिजन लिएर बिरामीको ज्यान बचाउनुपरेको छ । रासस