
नदी किनारमा भेटियो बेवारिसे महिलाको शव
June 2, 2021 13
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् ।
हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
जेठ कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस iii रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो ।
बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थलमा बुधबार नै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजार थान, ओरिस III रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जनाएको छ ।