आइतबार १४ जेठ २०८०

बारा – बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडकखण्डको जंगलमा दे ह व्या पार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौ न क्रि या कलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो ।

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय दे ह व्या पार गर्नेको सख्या समेत बढ्न थालेको छ । वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रति दिन दे ह व्यापार गर्नेको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सवारी चालक र स्थानीयहरू हुने गरेका छन् ।

यौ न व्यव-सायी महिलाहरूसँग यौ न व्य व-सायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक बा ध्यता । यद्यपी उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ई-च्छा आदीका कारण पनि सानै उमेर देखि यौ न व्यव-सायमा लागेको पाईएको छ । दैनिक के खाउँ र के लाउँ भन्ने पि डामा रुमल्लिएका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा किनेर दिने आशमा बा-ध्य भएर जिबिको पार्जनको लागी दे ह व्या पार गर्ने गरेको उनीहरू बताउँछन् ।

सडकको बिभिन्न ठाउँहरुमा नैं बसेर खुलेयाम ग्राहकहरुसँग बार्गेनिङ गरिरहेका दे ह व्या-पारीहरुको संख्या पछिल्लो समयमा बढ्दै गईरहेको छ । खुल्लम–खुल्ला दे ह–व्यापार र अ नैतिक कार्य हुने गरे पछि अहिले बारा जिल्ला दे ह व्या-पारको लागि चर्चामा छ ।

प्राय: महिलाहरु श्रीमानले छोडेको तथा दिनभर ज्याला मजदुरी गर्दा समेत उचित पारिश्रमिक नपाएको र घरको आर्थिक अवस्था समेत कम-जोर भएकै कारण प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको उनीहरुको भनाई छ । बाराको बन क्षेत्रमा हुँदै आएको अ-वैधधन्दा नि-यन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वन भित्र लु-क्ने गर्छन् ।

प्रहरीले पटक पटक सम्झाउने गरेको र पछिल्लो समयमा प्रहरीले गएर ल-खेटने गरेको भए पनि नि यन्त्रण हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मित्रले जानकारी दिए । बारा प्रहरीले पटक पटक उनीहरुलाई सम्झाउने र अ-टेर गर्नेलाई ल-खेट्ने गरेको भएता पनि न्युनिकरण भने हुन सकेको छैन ।

पछिल्लो समय पुर्वपश्चिम लोकमार्गको निजगढदेखि अंम्लेखगंजको सडक खण्डलाई अघोषित रे-ड ला-इट एरिया नैं भनेर चिनिने गरेको स्थानीयहरु बताउछन् । श्याम गुप्ता/खरीबोट

यो पनि पढ्नुहोस

एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?

जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।

कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।

विवाह गर्नैपर्छ त

न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।

पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।

त्यसो भए विवाह गर्नैपर्छ त

यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।

विवाह बन्धन कि बाध्यता

हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।

हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।

यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।

गृहस्थी सुखको कुरा

तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट


Last Updated on: March 16th, 2021 at 5:11 am
११३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया