बुधबार २० मंसिर २०८०

काठमाडौ

सुनकोशीमा भाईहरुलाई बगाएको देखेर बचाउन गएका दाईहरु सुनकोशीमा हराएका छन् । ति मध्य एक जनाको शव फेला परेको छ । काभ्रे चौरीदेउराली गाउँपालिका वडा नम्वर ८ स्थित विर्तादेउराली स्थित सुनकोशी खोलामा माछा मा र्न गएका चार दाजुभाई मध्ये भाईहरु बग्न थालेपछि दाजुहरु बचाउन गएका हुन्।

दुई दाजुहरु हराएकोमा एक जनाको शव फेला परेको छ । शशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार सुनकोशी खोलामा एक जनाको शव फेला पारेको हो । शशस्त्र प्रहरी वल काभ्रेका प्रमुख एसपी महेश केसीका अनुसार फेला परेका युवा २१ बर्षिय सुजित तामाङ हुन् ।

अर्का युवा २२ बर्षिय दिलध्वज तामाङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सोमबार दिउसो १ बजे खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिए ।

तेमाल गाउँपालिका वडा नम्वर २ घर भएका २१ बर्षिय सुजित तामाङ र तेमाल गाउँपालिका वडा नम्वर ३ का २२ बर्षिय दिलध्वज तामाङ सुनकोशीमा हराएका हुन् । सुजित र दिलध्वजसँगै सुजितका भाई १७ बर्षिय अजित तामाङ र दिलध्वजका भाई १५ बर्षिय पदम तामाङ माछा मा र्न सुनकोशी खोलामा पुगेका थिए ।

‘दिउसो २।१५ बजेको समयमा खोलामा आएको ठुलो बाढीका कारण युवा हराएको सूचना पाएपछि खोजीका लागि प्रहरी पुगेको हो । सँगै गएका भाईहरुले दाईहरु खोलाबाट नफर्किएपछि आत्तिएर स्थानीयलाई खवर गरेका थिए ।


Last Updated on: June 2nd, 2021 at 3:41 pm
३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया