आइतबार १४ जेठ २०८०

एजेन्सी । खाना पकाउने ग्यास सिलिण्डर वि स्फो ट हुँदा भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा ७ जनाको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा दुईवटा पसल भत्किएका छन् । घटनामा थुप्रै मानिस घाइते भएका छन् । पसलको भवन भत्किदा १४ जना पुरीएका थिए । जसमध्य ७ जनाको निधन भएको छ भने अन्यलाई उद्दार गरिएको छ ।

मृत्यु हुनेमा दुई पूरुष, दुई महिला र तीन बच्चा छन् । घाइते भएकाहरुको अवस्था पनि ग म्भी र रहेको भारतीय मिडिया दैनिक भास्करले जनाएको छ । त्यसैकारण उनीहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारलगत्तै लखनऊस्थित ट्रमा सेन्टर लगिएको छ ।

युपीका मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितहरुलाई तत्कालै उद्धार गर्न र राहत बाँड्न निर्देशन दिएका छन् । त्यस्तै उनले घटनाको उच्च स्तरीय जाँच गर्न पनि आदेश दिएका छन् ।

बि स्फो टमा ढुले का यी दुबै पसल एकआपसमा जोडिएका थिए । स्थानीयका अनुसार टिकरी गाउँ निवासी नुरुल हसनसँग् प टा का बनाउने लाइसेन्स थियो । मंगलबार राती ११ बजे आसपास उनको घरमा बि स्फो ट भयो ।

यो यति तेज थियो कि नुरुल हसनको पसलमात्रै नभएर नजिकैको पसल पनि जमिनमा ढ ल्यो । स्थानीयको सुचनापछि घटनास्थल पुगेको प्रहरीले जेसीबी र पोकलेन मेसिहरुको सहयोगमा भग्नावशेष हटाएर पीडितको उद्धार गरेको थियो ।

घटनाको कारण पत्ता लगाउन फोरेन्सिक टोली बोलाइएको छ। एसपीले भने कि सिलिन्डर वि स्फो टका कारण छत बिग्रियो। अहिले हाम्रो प्राथमिकता राहत र उद्धार कार्य हो। जुनसुकै तथ्यहरु देखा पर्दछ, त्यस अनुसार थप कारवाही गरिनेछ।


Last Updated on: June 2nd, 2021 at 3:43 pm
६०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया