शुक्रबार १६ मंसिर २०७९

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’ले दोस्रो सातामा पनि उल्लेख्य ब्यापार गरिरहेको छ । बिदेशी चलचित्रको दबाबका बिच पनि चलचित्रको ब्यापार सुखद छ । बिदाका दिनमा प्राय हाउसफूल ब्यापार गरिरहेको चलचित्रको अन्य दिनको ब्यापार पनि राम्रो भएको बताइएको छ ।

दर्शकले मन पाएको बक्स अफिसमा दबदबा कायम राख्न सफल चलचित्रलाई समिक्षकले भने खासै मन पराएका छैनन् । न त दर्शकले भने जस्तो अनमोलको अभिनयको सुधार आएको सहिक्षकले देखेका छन् । समिक्षकहरुले चलचित्र मात्र होइन अनमोललाई पनि गुड रिभ्यु दिएका छैनन् ।

तर, अनमोल भने आफ्ना लागि समिक्षक पनि दर्शक नै भएको बताउँछन् । शनिवार राजधानीको अष्टनारायण हलमा दर्शकहरुसँग साक्षात्कार गर्न पुगेका अनमोलले यस्तो बताउका हुन् । उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्ना लागि सबैभन्दा ठूलो समीक्षक दर्शक रहेको बताए । उनले दर्शकका लागि चलचित्र बनाएको र दर्शकले मन पराइदिनु नै ठुलो खुशी भएको बताए । उनले आफुलाई समिक्षकले नभएर दर्शकले स्टार बनाएको भन्दै दर्शकको समिक्षा नै ठुलो समिक्षा हुने जनाए ।

 

काठमाडौं – नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा सो कुरा उल्लेख छ ।

‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा व्यवसाय र उद्यममैत्री कर र करको दर, स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाका आधारमा कर शुल्क निर्धारण, दोहोरो कर अन्त्य गर्न संवेदनशीलतालाई स्थानीय कर र कर प्रशासनको समग्र सिद्धान्त उल्लेख छ । कांग्रेसले स्थानीय सरकारको राजस्व अभिवृद्धि र कर प्रशासनको तत्कालको रणनीतिअन्तर्गत नमुना कर कानुनको निर्माण र उपयोग, विशिष्टीकृत राजस्व शाखाको स्थापना र कर्मचारीको व्यवस्था, वस्तुगत तथ्यको आधारमा करको आधार मूल्याङ्कन तथा निर्धारण, स्थानीय जनताले तिर्नसक्ने क्षमताको आधारमा करको दर निर्धारण गर्ने योजना अघि बढाएको छ ।

मध्यकालीन रणनीतिअन्तर्गत करका स्रोतअनुसार निश्चित कर कानुन बनाउने, कर तथा गैरकर राजस्वको आधार र संरचनाको विकास, जनताको क्षमताअनुकूल प्रगतिशील करको दररेट निर्धारण, करको विवरण, निर्धारण, गुनासो र दाखिलालाई सहज र करदातामैत्री बनाउन अनलाइनको प्रयोग, अन्तर स्थानीय सरकार संयुक्त राजस्व प्रशासनको अभ्यास गर्न कार्यगत ढाँचा तयार गर्ने नीति अवलम्बन गर्ने जनाएको छ ।

यसैगरी दीघकालीन रणनीतिअन्तर्गत अनलाइन वित्तीय सूचना अद्यावधिक र विश्लेषण गर्ने, राजस्वका नवीन स्रोतको पहिचान र परिचालन गर्ने, सङ्घीय वित्तीय प्रणालीमा विद्यमान सबै किसिमका असन्तुलन कम गर्न अन्तर सरकारी वित्त हस्तान्तरणलाई तथ्यगत र अनुमानयोग्य बनाउने घोषणापत्रमा योजना छ ।


Last Updated on: April 25th, 2022 at 11:29 am
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया