बुधबार ०४ जेठ २०७९

अहिले सिनेमा हलमा केजीएफ फिल्म चलिरहेको छ । यसैबीच इन्टरनेटमा एक विवाहको कार्ड भाइरल बनेको छ । कार्ड भाइरल हुनुमा यसमा लेखिएको शब्द हो । यस कार्डमा बेहुलाले आफूले विवाह गर्नुको कारण लेखेका थिए, जो भाइरल बन्यो ।

इन्स्टाग्राममा भाइरल बनेको कार्डको घटना भारत कर्नाटकको बेलगावी जिल्लाको कित्तूरमा भएको एक विवाहको हो । जसमा बेहुला पक्षले कार्ड छापे र सो कार्डमा बेहुलाले आफ्नो मनको कुरा रोचक तवरबाट लेखे । उनले लेखेका छन्, ’डियर फ्रेन्ड्स, वन मुमेन्ट टू हर्ट्स, थ्री नट्स, सेवेन स्टेप्स, एक दर्जन वाचा र पूरै जीवनभरको साथ, चन्द्रशेखरसंग श्वेता । त्यसपछि कार्डमा विवाहको कार्यक्रम स्थान लेखिएको छ । तर कार्डको अन्त्यमा भने बेहुलाले रोचक कुरा लेखेका छन् ।

विवाहको कार्डको अन्त्यमा बेहुलाले लेखाएका छन्, म्यारीज म्यारीज म्यारीज आइ डन्ट लाइक इट, आइ एभोइड । बट माइ रिलेटिभ्स लाइक म्यारीज आइ कान्ट एभोइड । उनले विवाहको कार्डमै छापेको यो शब्द अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । यो हाल हलमा लागेको दक्षिण भारतीय चलचित्र केजीएफ च्याप्टर २ को डाइलग हो ।

 

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट वितरणमा कांग्रेसको प्रदेश र केन्द्रीय समितिको निर्णय बाझिएको छ । प्रदेश समितिले धर्मराज पोखरेललाई टिकट दिने निर्णय गरेकोमा केन्द्रीय कार्य समितिले तीर्थराज भट्टराईलाई मेयरको टिकट दिएको छ ।

प्रदेश समितिको निर्णय अनुसार पोखरेल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेको केही समयपछि भट्टराई केन्द्रीय समितिले दिएको टिकट लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रदेशको निर्णय उल्टाउँदै भट्टराई आधिकारिक उम्मेदवार भएको उल्लेख गर्दै पार्टीको उम्मेदवार कायम गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछि पोखरेलको मनोनयन दर्ता रोकिएको छ । केन्द्रको सिफारिसमा भट्टराईको मनोनयन दर्ता भएपछि पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी थालेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पोखरेलले टिकट पाएको भन्दै भट्टराई पक्षका नेता तथा कार्यकर्ताले सोमबार बिहान करिब तीन घण्टा कांग्रेस पार्टी कार्यालयमा घेराउ गर्दै ताला लगाएका थिए । तर पोखरेलको ठाउँमा भट्टराईले नै टिकट पाउने आश्वासनपछि असन्तुष्ट पक्षले ताला खोलेका थिए । प्रदेशबाट पोखरेलले टिकट पाएको खबर सार्वजनिक भएपछि कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका सभापति प्रकाश श्रेष्ठ नेतृत्वको टोली विरोध गर्दै पार्टी कार्यालयमा ताला लगाउन पुगेका थिए ।

प्रदेशबाट मेयरको टिकट पाएपछि पोखरेल हेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न दिक्तेल ओर्लिएका थिए । हेलिकोप्टरबाट ओर्लने बित्तिकै उनीमाथि असन्तुष्ट पक्षले हातपात गरेका थिए । उनलाई सुरक्षाकर्मीले आक्रमणबाट जोगाएर कांग्रेस पार्टी कार्यालयमा पुर्‍याएको थियो ।

केही घण्टा पार्टी कार्यालयमा बसेका पोखरेल सुरक्षाकर्मी सहित मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत पुगेका थिए । अदालतको गेटबाट भित्र पस्ने बित्तिकै एमालेका नेताले स्वागत गरेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी तालमेलका क्रममा मेयर कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको हो । कांग्रेसमा टिकटको लफडा भइरहँदा माओवादी केन्द्रकोतर्फबाट उपमेयरमा बिसन राईको मनोनयन दर्ता भएको छ । टिकट लिने सन्दर्भमा कांग्रेसभित्र चलेको शक्तीसंघर्षको असर गठबन्धनभित्र पर्ने आँकलन छ । यसले एमालेलाई उत्साहित बनाएको छ ।

काठमाडौं। स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ। उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ। तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन। तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

१७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन्। र, ३० वैशाखमा निर्वाचन हुने छ।


Last Updated on: April 26th, 2022 at 12:42 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया