बुधबार ०४ जेठ २०७९

लोकनाथ रिजाल / काठमाडौँ ।

काठमाडौँको मिनभवन स्थित महादेबस्थान मन्दिर जाने पुलको ठिक अगाडी छ कोशेली थकाली किचन ।

यहाँको थकाली परिकारको स्वाद लिए पछि जो कोही दोह्रयाएर आउने गर्छन् । खानाको परिकारमा धेरै जसोको स्वाद बनेर बसेको छ थकाली खाना । यहि स्वादमा पल्किएका थकालीका पारखीहरु कोशेली थकाली किचनलाई संझने गर्छन् ।

यस किचनमा दैनिक जसो १ सयको संख्यामा ग्राहकहरु थकालीको स्वाद लिन आउने गरेको किचेनकी संचालक दिक्षा दाहाल बताउँछिन् ।

थकाली किचनमा पाईने सेवाहरु :-

दिक्षाका अनुसार कोशेली थकाली किचेनमा थकाली खानाको सम्पुर्ण परिकार पाइन्छ ।

त्यस्तै चाउमिन, मम लगायतका फास्टफुडहरु समेत पाइन्छ । यहाँ थकाली खाना संगै सबैभन्दा बेस्ट र प्रसिद्ध काभ्रेको बोक्रे आलुको परिकार धेरै पाहुनाहरुको रुचिको विषय बनेको दिक्षा सुनाउँछिन् ।

दिक्षाका अनुसार यसको स्वाद लिन भनेर ग्राहकहरु धेरै टाढा टाढा बाट समेत आउने गरेका छन् । त्यस्तै ढिडोको परिकार पनि कोशेली थकाली किचेनमा पाइन्छ ।

कोशेलीमा पारिवारिक वातावरण रहेकाले परिवार सहित थकालीको स्वाद लिन सक्ने व्यबस्थापन पक्ष बताउँछ ।

चौधरी ग्रुपको जागिर छोडेर थकाली किचन सम्हाल्दै दिक्षा :-

सबै जनाको चाहना हुन्छ राम्रो ठाउँमा जागिर होस् भन्ने । त्यहाँ बाट आउने मासिक आम्दानीले सहजै घरब्यवहार चलोस् भन्ने ।

तर कोशेलीकी संचालक दिक्षा भने हुँदा खाँदाको राम्रो जागिर छोडेर आफ्नै ब्यवसायमा हात हालेकी छिन् । उनले चौधरी ग्रुपमा लेखापालको जागिर छोडेर आफ्नै ब्वयसाय संचालनमा ल्याउने निधो मात्रै गरिन् करिब ५० लाख लगानी गर्न समेत डराइनन् ।

ठूलो लगानीमा निर्धक्क तरिकाले दिक्षाले संचालनमा ल्याएको कोशलीलाई एकदमै ब्यवस्थित बनाइएको छ ।

एमबीए होल्डर समेत रहेकी दिक्षाले आफुले आर्जेको शिक्षालाई ब्यवसायमा खर्चिरहेकी छिन् । उनि भन्छिन्– अब हरेक युवाले आफुले आर्जेका ज्ञान सिपलाई ब्यवहारिक रुपमा प्रयोग गर्नुपर्छ । अनि मात्र सफलता हात लाग्ने रहेछ ।


Last Updated on: April 27th, 2022 at 11:41 am
७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया