आइतबार १४ जेठ २०८०

लकडाउनपछि नेपालमा रेल र पानी जहाज चल्छ : मन्त्री नेम्बाङ
June 2, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । निषेधाज्ञा (लकडाउन) पछि नेपालमा रेल र पानी जहाज चल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लकडाउनपछि जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चलाईने उनले बताए ।

उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चालनका लागि दश अर्ब बजेट छुट्याइएको छ । उक्त बजेट रेल सञ्चालन र निर्माणका लागि छुट्याइएको छ । ठेक्का पठ्ठाका कामहरु भइसकेका छन् ।’ यसैगरी केरुङ-काठमाडौ रेलमार्गबारे पनि दुई छिमेकी देशबीच सम्झौता गरिएको उनले बताएका छन् । भारत र चीन पक्षसँग रेल सञ्चालनबारे सम्झौता भएको उनले बताए ।

नेपालमा पानी जहाजको कार्यालय स्थापना भइसकेको बताउँदै अब अन्य देशमा मात्र नभएर नेपालमै पानी जहाज हुने मन्त्री नेम्बाङले बताएका छन् । उनका अनुसार पानी जहाज ऐनको ड्राफ्ट पनि पूरा भइसकेको अवस्था छ ।

उनले भने, ‘नेपालको झन्डाको पहिचानसहित समुद्रमा नेपालले पानी जहाज सञ्चालन पाउनका निम्ति सात÷वटा अन्तर्राष्ट्रिय सम्मेलन (कन्भेसन)हरु छन् । रेडिफाइ गरेर संसद्बाट अनुमादोन गर्न पर्नेछ । साथै, सन्धी तथा महासन्धीहरु संसद्मा पेश गरेर छलफल गरिएको अवस्था छ । त्यसपछि झन्डाको पहिचानसहित पानी जहाज चल्न पाउनेबारे कुरालाई अघि बढाइएको छ ।’

अन्य देशमा अपुग भएको अवस्थामा नेपाल पनि नदी नालाहरु रहेको र त्यहाँ पानी जहाज सञ्चालन गर्न सकिने उनले बताएका छन् । उनले भने, ‘कोशी, गण्डकी, नारायणी, कर्णाली नदी रहेका छन् ।

यी नदीहरुमा पनि निजी क्षेत्रबाट पनि जेटबोट÷जहाज चलाउन सकिनेबारे छलफल गरिरहेका छौँ । यसका लागि ठाउँठाउँमा टर्मिनल बनाउने, जेटबोटको कनेक्टेभिटी कहाँसम्म फैलाउनेभन्नेबारेमा भारतसँग पनि सहकार्य गर्न सक्छौँ ।’ यस विषयमा लकडाउनपछि अर्थात् आर्थिक वर्षभित्रै सबै कुराको चाँजोपाँजो मिलाउने पनि मन्त्री नेम्बाङले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: June 2nd, 2021 at 8:40 pm
६१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया