
चर्चित गायिका समिक्षा अधिकारीले करोडौँको घर किनिन्
June 2, 2021 27
38
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
कहाँ आउँछ र घुमेर बालापनको उमेर, माया मा रे र, लगायतका कैयौँ हिट गीत गाएर सानै उमेरमा भब्य प्रगती गरिन् चर्चित गायिका समिक्षा अधिकारीले, अञ्जु पन्तहरुलाई संघर्ष गरेर काठमाडौँमा घर किन्न वर्षै लाग्यो तर समिक्षा अधिकारीले चलेको केही वर्षमा नै गरिन् यस्तो सबैलाई चकित पार्ने प्रगती, समिक्षाले हालै किनेको घर हेर्न कलाकार र उनका आफन्तहरुको लाग्छ लाइन, यसरी करोडौँ पर्ने घर कसरी किन्न सफल भइन् त समिक्षा, सारा रहस्यको राज खोलीन् समिक्षाले, हेर्नुहोस् यो एक्सक्ल्सिभ भिडियो
बिधुवा बुहारीलाई घरबाट निकालिन् चर्चित कलाकार लक्ष्मी गिरीले, त्यस्तो राम्रो कलाकारको छवी बनाएकी लक्ष्मीले के गरिन् यस्तो ? आखिर के गरेकी थिइन् र पतिको नि धनपछि कपाल खौरेर बसेकी बिधुवा बुहारीले ? पतिको फोटो हेरेर बस्दा यस्तो अत्याचार गर्न मिल्छ ?
बेलायतका सुप्रसिद्ध गायक सपनकुमार राई र गायिका शर्मिला बर्देवाले भर्चुअल (जुम) बाटै गाएर ५ हजार ४ सय ९२ पाउण्ड १९ पेन्स संकलन गरेका छन् ।गत शनिबार र आइतबार सपन निवासबाटै तीन-तीन घण्टा फेसबुक लाइभ गरि मर्मस्पर्शी गीत गाएर सो रकम संकलन गरेका हुन् । आफ्नो कला-खुबीलाई संकटका बेला सदुपयोग गर्न नयां ‘कन्सेप्ट’ ल्याइएको गायक राईले बताए ।
सं कटका बेला जुमaf6 सपनकुमार राई र गायिका शर्मिला बर्देवाले उक्त कार्यक्रममा असंख्य नेपाली तथा भारतीय दर्शकहरु जोडिएका थिए । ति दर्शकको अनुरोधमा सपन शर्मिला दुवैले हिन्दी नेपाली गीत गाए ।पहिलो दिन शनिबार गायक सपनले कोभिड १९ बाट दिवंगतहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ‘सम्बोधन तिमीलाई…’ गाए भने शर्मिलाले ‘इश्वर सत्य हे…’ गाइन् ।
सो अवसरमा श्रीमति मन्जु गुरुङ राईले पनि गीत गाएर माहोल झन् भावुक बनाएकी थिइन् ।एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अनुरोधमा राईले राजु लामाको ‘मेरो नेपाल…’ पनि गाए । शर्मिलाले ‘देशले रगत मागे…’ लगायत राष्ट्रिय भावनाले ओतप्रोत गीत गाएर दर्शकको मन जितिन् ।संकलित रकममध्ये एनआरएनए यूकेलाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर किन्न दुई हजार ८ सय पाउण्ड १९ पेन्स
दुःखी असहायलाई निशुल्क खाना खुवाइरहेका नेपालका गायक मिलन लामालाई ६७३ पाउण्ड, राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई ६७३ पाउण्ड, तमुधिं यूकेलाई ६७३ पाउण्ड, निशुल्क खाना बांडिरहेका नेपालस्थित क्याप्टेन विजय लामाको न्यानोपन संस्थालाई ६७३ पाउण्ड दिने कलाकारद्वयले घोषणा गरेका छन् ।
मंगलबार गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबोरोबाट उनीहरुले सहयोग रकम कति कसलाई दिने भन्ने घोषणा गरेका थिए ।भर्चुअल सांगीतिक कार्यक्रमको संयोजन प्रतिमा जोशीले गरेकी थिइन् । सरोज परियार र सुनिलले प्रविधिमा सघाएका थिए । प्रतिमाले चन्दादाताहरुलाई धन्यवाद समेत दिइन् ।सपन शर्मिलाले नेपालमा आइपरेका हरेक संकटमा आफ्नो कलामार्फत सहयोग गर्दै आएका छन् ।
वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहंदा हरेक परवासीले उतार चढाव भोग्छ नै । यस्तै दुख सुखलाई समेटेर तयार पारिएको लघु चलचित्र ‘फर्की आउँला’को प्रोमो रिलिज भएको छ । लोकप्रिय टेलिशृङ्खला हिजोआजका कुरामा लामो समय काम गरि पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथामा लघु चलचित्र ‘फर्की आउँला’ निर्माण गरिएको हो ।
सामाजिक संजालमा देखिने हाइफाइ बिदेशी दृश्य भित्र लुकेका पीडा र परिस्थितिलाई कथामा समेटिएको निर्देशक तुला पर्वतले बताए । म्यूजिक भिडियाको कुशल निर्देशन गर्दै आएका चर्चित निर्देशक तुला पर्वतले यस लघु चलचित्रमा विदेशमा देखिने विषयबस्तुलाई जस्ताको त्यस्तै आँफुले पस्किएको बताए ।
चिनिया बिषेश प्रशासकिय क्षेत्र मकाउमा छायांकन गरिएको लघु चलचित्रमा रमेश अधिकारीसंगै श्रीराम पोखरेल, सागर अधिकारी, मोहन कुमार, सुरज अधिकारी, संगीता खनाल, सुनिता अधिकारी र प्रेम तामाङको अभिनय रहेको छ । जसको छायांकन र सम्पादन पनि निर्देशक तुला पर्वतले नै गरेका हुन् ।