
विवाहको सम्बन्ध विश्वासमा अडिएको हुन्छ । तर त्यही विश्वास डगमगायो भने सम्बन्ध पनि विग्रन्छ । पछिल्लो समय वैवाहिक सम्बन्धहरुमा निकै उतार चढाव आएका घटना सार्वजनिक भएका छन् । परिवारका घटना सार्वजनिक युट्युवमा आउने भएकाले त्यस्ता घटना अहिले निकै धेरै देखिन थालेका छन् । परिवार भित्रका विवादका विषय पनि अहिले सार्वजनिक गर्ने होडवाजीले कतिपय बन्न लागेका सम्बन्ध पनि विग्रिएका छन् ।
एक जना महिलाका श्रीमान एक वर्ष देखि घर आउन छोडेका थिए । उनले सुनिन् उनका श्रीमानले अर्की एक विवाहित र छोरा समेत भएकी महिलालाई विवाह गरेर हल्दीवारीमा राखेका छन् । उनले आफ्नो जेठी श्रीमती क्यान्सर लागेर निधन भयो म एक्लै छु भनेर कान्छी ल्याएका रहेछन् । झापामा भएको यो घटना एक उदाहरण मात्र हो । विवाहेत्तर सम्बन्धका कारण अहिले धेरैका वैवाहिक सम्बन्ध विग्रिएका छन् ।
श्रीमानले स्कुटर लिएर हिँडेका थिए । ग्यारेजमा स्कुटर बनाउन दिएको छु भनेका श्रीमानले त अर्की युवतीलाई स्कुटर चलाउन दिएका रहेछन् । उनले काम गर्ने फ्याक्ट्रीमा उनले अर्की युवतीलाई श्रीमती भनेर चिनाउने समेत रहेछन् । जव श्रीमानले काम गर्ने फ्याक्ट्रीमा जाँदा श्रीमानका साथीहरु छक्क परे । उनको श्रीमती तपाई हो र ? यिनलाई भेट्न अर्की युवती आउने गरेकी छन् ति को हुन् ? भनेर प्रश्न गरे ।
ति युवतीले पनि तेरो श्रीमान होइन मेरो श्रीमान हो भन्दै युवतीले आफुलाई फोन गर्ने गरेको बताएकी छन् । २६ र १६ वर्षका दुई छोरा समेत रहेका श्रीमानले बुढेसकालमा अर्को युवती ल्याएको भन्दै उनले आफुलाई न्याय मागेकी छन् । प्रहरीमा श्रीमतीले उजुरी समेत दिएकी छन् । मलाई अरु युवतीसंग शंका गरेका कारण मैले रिसले मात्र भनेको हुँ म एक महिना पछि प्रहरी कार्यालयमा आउँछु भनेर प्रहरीलाई भनेको आफुले थाहा पाएको श्रीमतीको भनाई छ ।