आइतबार ०७ आश्विन २०८०

नागको अन्डा देख्ने मान्छेको भाग्य चम्किने ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस
Rochak
April 9, 2021NepstokLeave A CommentOn नागको अन्डा देख्ने मान्छेको भाग्य चम्किने ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस
धातुहरुमा यदि चाँदी देखे धन लाभ, सुन देखिए नराम्रो र तामा देखे गोप्य कुरा पत्ता लाग्ने, फलाम देखे दुर्घटनाको सङ्केत, पित्तल देखे शत्रुहरुमाथि पराजितको सङ्केत, स्टिल देखे वास्तविक रहस्य पत्ता लाग्ने, रेल देखे कष्टकर यात्रा, प्लेन देखे यात्राको सम्भावना, साइकल देखे सिद्धि प्राप्त, पानीजहाज देखे लामो यात्राको सङ्केत र रत्नहरू देखिएमा पदमा उन्नति प्रगति हुने, थुक देखिएमा समस्यामा हुनु, हिलोको दलदल देखे चिन्ता बढ्नु, कैची देखे बादविवाद बढ्नु, चिम्टी देखे समस्या बढ्ने, कोइला देख्नु अनावस्यक समस्यामा पर्नु, जाल देखे मुद्दामा पर्नु, बरफ देख्नु आफै बिरामी पर्नु, छुरी देखे संकटको प्रतिक मान्न सकिन्छ । लट्टी देखे आराम मिल्न सक्छ ।

आफुले सानो जुत्ता लगाएको देखे झगडा, नारीहरुले आँखामा गाजल लगाएको देखे शारीरिक समस्या, पहाड हल्लिएको देखे कोही बिरामी हुन सक्नेछ । ठुलो पहाडबाट खसेको देखे समस्या आउन सक्नेछ भने रुखबाट खसेको देखे बिरामी पर्न सकिन्छ ।अदालत देखे विवादमा पर्न सकिन्छ । धनुष चलाएको देखे इच्छापूर्ति, वाँसुरी बजाएको देखे चिन्ता बढ्ने, खानाको थाल देखे धन हानी, कपाल फिँजाएको देखे सङ्कट, पिंजडा देखे कैद हुनसक्ने, गोबर देखे पशुको ब्यापारमा फाईदा हुन सक्नेछ ।तेल पिएको देखे ठुलो रोगबाट छुटकारा, विदाई समारोह देखे राम्रो, लडाईं देखे प्रशन्नता प्राप्ति, कमलको फूल देखे रोगबाट मुक्ति, मसीको भाडा देखे धनलाभ, हुलाकघर देखे ब्यापारमा प्रगति भने बाटो देखे समस्याको हल हुनेछ । चन्द्रमा देखे आकस्मिक समस्या, चन्द्रग्रहण देखे बिरामी, तारामण्डल देखे भाग्य बढ्ने, इन्द्रधनुष । देखे उत्तम स्वास्थ्य प्राप्त, सूर्य देखे वरिष्ठ मान्छेसङ्ग भेटघाट हुन सक्नेछ । भूकम्प गएको देखे सन्तानमा कष्ट, पानी परेको देखे अन्नको कमि, वाढीपहिरो आएको देखे ब्यापारमा हानी, चट्याङ् परेको देखे सङ्कट, आँधी आएको देखे यात्रामा कष्ट हुन सक्नेछ । यदि मन्दिर गएको देखेमा धार्मिक कर्ममा रुची बढ्न सक्नेछ ।

मलामी देखे रोग नाश, आत्महत्या गरेको देखे खराब भावना मनबाट हट्ने र कसैको हत्या भएको शुभ सङ्केत मान्न सकिन्छ । मृत व्यक्तिले बोलेको देखे मान्छेको इच्छापूर्ति हुनसक्नेछ । मसानघाटमा रक्सी पिएको देखे मृत्यु हुन सक्ने सङ्केत हो । सपनामा मरेका स्वजनलाई देख्नुको अर्थ राख्दछ । पितृस्वरूप मृतात्मा आएर दर्शन दिन्छन अथवा आशीर्वाद दिन्छन भने त्यो लाग्दछ यदि श्राप दिन्छन भने त्यो श्राप पनि लाग्दछ । यदि पितृहरु आएर हातमा फल दिए सन्तान सुख, स्याऊ सुन्तला दिए पुत्रसुख हुन्छ । हामीलाई सपनामा उकालोतिर जान अभिप्रेरित गरे जीवनमा उन्नति प्रगति मिल्दछ भने ओरालो तिर पठाए नराम्रो सूचक हो । हाम्रा पितृहरु घाईते देखे राम्रो हो यसको अर्थ हामीलाई खराब घटनाबाट बचाउनको लागि हो ।

यदि हामीले सबै पितृहरु एकै पटक एकसाथमा देखे त्यसले घरमा हानी ल्याउने सम्भावना हुन्छ । पितृहरू पटक पटक सपनामा आईरहन्छन् भने बिहान उठेर पितृलाई सम्झेर तुलसीको मठमा जल चढाउनु पर्दछ । नराम्रो सपना देखियो भन्दैमा आत्तिनु अनि राम्रो सपना देखियो भन्दैमा मात्तिनु हुदैन । नराम्रो सपना देखेमा आफ्नो कुलदेवतालाई स्मरण गरेर तुलसीको मठमा जाने अनि ‘ॐ नमो भगवते वाशुदेवाय:’ एकसय आठ पटक जप्ने त्यो नराम्रो फल निष्फल हुन्छ । पिपलको दर्शन गर्ने र बिशेष गरेर राहु केतु अनि शनि ग्रहको जप पाठ अनि असहायलाई दान गर्दा अवस्य पनि नराम्रो सपनाको फल टरेर जान्छ । नराम्रो सपना देखेरे फेरि पनि आफै निदायियो भने त्यो सपनाको फल स्वत: निष्फल हुन्छ ।पटक पटक नराम्रो सपना आउने र जीवनमा धेरै नै असर गरेको छ भने “शान्तिकर्मणि सर्वत्र तथा दु:स्वप्नदर्शने ग्रहपीडासु चोग्रासु माहत्म्यं शृणुयान्मम” यस मंत्रले सम्पुट पाठ गर्दा अवस्य पनि जीवनमा सकारात्मक उर्जा मिल्दछ । नराम्रो सपना देखियो भने सबैलाई भन्दै हिड्यो भनेपनि त्यो सपनाको फल निष्फल हुन्छ ।राम्रो फल दिने सपना देखियो भने सुत्नु हुदैन । बिहानै उठेर गौमाताको दर्शन गर्ने अनि तुलसीमठमा गएर विष्णु भगवानलाई सम्झिएर तुलसी अर्पण गरेमा त्यो अवस्य पनि पुरा हुन सक्दछ । राम्रा सपना देख्नको लागि हाम्रो जीवनशैली परिवर्तन गरेर मन प्रशन्न बनाउँदै राती सुत्नु पूर्व शिव, विष्णु, गणेश आदि भगवानको स्मरण गर्ने, धार्मिक तिर्थस्थल, मठ मन्दिर, मिठा मिठा भोजन अनि फलफूल आदिको कल्पना गरि योगनिन्द्राको अभ्यास गर्दा शुभ फलदिने राम्रा सपनाहरू हामीले देख्न सकिन्छ ।


Last Updated on: June 3rd, 2021 at 12:12 am
४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया