बिहिबार ०४ कार्तिक २०७८

सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना, अनिष्टको संकेत [ भिडियोसहित ]
धर्म / संस्कृत
May 27, 2021NepstokLeave A CommentOn सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना, अनिष्टको संकेत [ भिडियोसहित ]
काठमाडौ । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १७ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसै विषयमा धेरैले विश्वास गर्दै आउनुभएकी सिन्धुकाली मातालेपनि

यो अनिष्टको संकेत भएको बताउँनुभएको छ । उहाँले मानिसकै कारण यस्तो भएको खुलासा गर्नुभएको छ । जुन यो भिडियोमा हेर्न सक्नुहुनेछ ।बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गरेका छन् ।

थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो ।

यसअघि २०६२÷०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालिन राजा विरेन्द्र बंश सकिनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दाअघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ ।


Last Updated on: June 3rd, 2021 at 12:28 am
३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया