बुधबार ०४ जेठ २०७९

एजेन्सी । अनुष्का शर्माको जन्म १ मे १९८८ मा भएको थियो । अनुष्का शर्माले शाहरुख खानको अपोजिट फिल्म ‘रब ने बना दी जोडी’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । यो फिल्मले दर्शकको राम्रो साथ पाएको थियो भने फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । अनुष्का शर्माका धेरै फिल्म लगातार हिट भएका छन् । त्यसपछि अनुष्का शर्माले राम्रो चर्चा पाइन् ।

यो सँगै अनुष्का शर्माको फिल्म एकपछि अर्को हिट हुन थाल्यो । यसैलाई मध्यनजर गर्दै अनुष्का शर्माले पनि आफ्नो पारिश्रमिक बढाएकी छिन् । समाचारका अनुसार अनुष्का शर्माले ७ देखि १० करोडसम्म शुल्क लिने गर्दथिन् । नायिकाले धेरै राम्रा फिल्ममा काम गरिसकेकी छन् जुन सुपरहिट साबित भएका छन् । नायिकासँग सम्बन्धित केही रोचक कुराहरुको बारेमा आज जानकारी दिदैछौ । अनुष्का शर्माको परिवारको कुरा गर्ने हो भने उनका आमाबुवा आशिमा शर्मा र अजय कुमार शर्मा हुन् ।

उहाँको बुबा आर्मी अफिसर हुनुहुन्थ्यो । उनका बुबाले पनि कारगिल वार्डमा महत्वपूर्ण भूमिका दिएका थिए । अनुष्का शर्माका भाइको कुरा गर्ने हो भने भाइ कर्णेश शर्मा फिल्म निर्माता हुन् । एक अन्तर्वार्ताका क्रममा अनुष्का शर्माले आफू एक आर्मी अफिसरकी छोरी हुँ भन्न पाउँदा निकै गर्व लागेको बताएकी थिइन्, जसको अर्थ अभिनेत्री हुनुभन्दा पनि उनलाई यस कुरामा बढी गर्व महशुस हुन्छ । उनी भन्छिन्– मलाई मेरो बुबामा धेरै गर्व छ। अनुष्का शर्माले भारतीय क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी छन् ।

निकै सुन्दर देखिने यो जोडीको वामिका नामकी छोरी पनि छिन् । रब ने बना दी जोडीको सफलतापछि अनुष्काले पछाडि फर्केर हेर्नु परेन, उनले धेरै फिल्ममा काम गरेर करोडौंको सम्पत्ति कमाएकी छिन् । आज पनि अनुष्का शर्मा एक विज्ञापनका लागि लाखौं रुपैयाँ लिन्छिन् । उनी धेरै ठूला ब्रान्डका लागि काम गर्छिन् । उनी विज्ञापन फिल्म र एन्डोर्समेन्टका लागि करिब १०(१२ लाख रुपैयाँ लिन्छिन्। यसबाहेक अभिनेत्रीसँग दिल्ली मुम्बईमा धेरै गाडी र करोडौंको घर पनि छ । जसको मुल्य करोडमा छ ।

विराट कोहलीसँग विवाह गरेपछि यो जोडीको नेटवर्थ बढेको छ । सन् २०१९ को कुरा गर्ने हो भने अभिनेत्री ३ सय करोडको मालिक थिइन् । जहाँ २०१९ मा विराट कोहलीको सम्पत्ति ९०० करोड थियो । सन् २०१९ मा विराट अनुष्काको कुल सम्पत्ति १२ अर्ब रुपैयाँ थियो । एक अन्तर्वार्तामा उनले आफ्नो पहिलो फिल्म हिट भएपछि अवार्ड पक्कै पाउनेमा आशावादी रहेको बताएकि थिईन् । त्यतिबेला, उनी फिल्मफेयरको सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको श्रेणीमा पनि मनोनित भएकी थिइन्। तर असिनले अवार्ड पाएकी थिइन् र उनी सहन सकिनन् । घर गएर धेरै रोइन् ।

 

म्याग्दी – करिब तीन दशक अघिसम्म ढुङ्गा र खरले छाएका र पाली हालेका गाउँले पाराका घर हुन्थे गाउँघरमा संयुक्त परिवार हुन्थ्यो । दशैं तिहार जस्ता चाडपर्व आउँदा सेतो कमेरो र रातोमाटोले लिपपोत गर्दा घर चिटिक्क देखिन्थे । गाउँ नै उज्यालो हुन्थ्यो । घर नजिकै गाईगोठ र भैंसीगोठ हुन्थ्यो । परालका माच, मकैका कुन्यू र नलको चाङ हुन्थ्यो ।

घरको पछाडी करेसाबारी, लेकबेंसीमा खेतबारी र तिनै खेतबारीमा काम गरिरहेका गाउँका युवा युवती, प्रौढप्रौढा रौनक नै बेग्लै हुन्थ्यो गाउँको । खेतमा धान, मकै, गहुँ, भटमास फल्थ्यो । बारीमा मकै, कोदो, मास, भटमास, बोडी, तोरी, तरुल, आलु, सखरकन्द आदि फल्थे । उखुबारीमा उखु हुन्थ्यो । खरबारीमा खर हुन्थ्यो । गाउँका यो प्राकृतिकस्वरुप हराएको पुग नपुग ३० वर्ष भयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि गाउँमा विकासको लहर चल्यो भने प्रकृतिमा विनाशको डोजरले सम्पदा र मौलिकता दुवैलाई भत्काउन सुरु गर्‍यो ।

विसं २०४६ देखि भर्खर बामे सर्न थालेको विकासको पाइला २०५२ सालदेखि सुरु भएको तत्कालीन माओवादी विद्रोहका कारण थला पर्‍यो । २०६३ सम्मको १७ वर्ष गाउँमा विकास र पूर्वाधारको हुनसम्म खति भएपछि २०६२/६३ पछिको राजनीतिक परिवर्तनले गाउँमा पुन ः विकासको लहर फैलियो । विकासको त्यो लहर सडक निर्माणमा सबैभन्दा बढी भयो ।

गाउँका भीरपाखा, उर्वरफाँट र जलाशय भत्काइन थालियो । सडक खन्ने नाउँमा प्रकृतिमाथि भएको डोजर अत्याचार अहिलेसम्म पनि रोकिएको छैन । जव डोजर गाउँमा पस्यो तब गाउँको मौलिकता भत्कियो । आपसी भाइचारा र सामाजिक एकता पनि डोजरे विकासले भत्काउन थाल्यो । गाउँमा सडक पुगेपछि जनतालाई सुविधा त पुग्यो तर त्यो सुविधा पनि पक्षपाती भएको स्थानीयवासीको गुनासो छ ।

‘सडक पुग्यो, गाडी पनि चल्यो तर, गाडीमा चढ्न सक्ने र चर्को भाडा तिर्न सक्ने हाम्रो अवस्था बनेन’, मालिका ५ देवीस्थानका एकजीत बूढाले भने, ‘हाम्रा लागि विकास,आकाशको फल आँखा तरी मर, भने जस्तै भयो ।’ गाउँमा सडक पुग्नुभन्दा अघि गाउँले आफ्ना श्रमले आफू पालिएका थिए र शहरलाई पनि पालेका थिए । गाउँबाट अन्न, दाल, तेल, घीउ, तरकारी सहर जान्थे । अहिले ती गाउँ-गाउँमा छैनन् । हिजो गाउँ भएका ठाउँमा अहिले उराठ र खण्डहर आएको छ । शून्यता छाएको छ । फाट्टफुट्ट घर छन् । घरमा ओज छैन, ऊर्जा छैन, चहलपहल छैन । चुहुने छाना, भत्केका पिँढी । बनमाराले साम्राज्य जमाएको आँगन र करेसा, त्यही भेटिन्छन् फाट्टफट्ट बुढाबुढी । विदेशिएका छोरा नातिले पठाएका पैसाले धानिने छ उनीहरुको जीविका ।

शिक्षक धनवीर थापा भन्छन्, ‘गाउँको पसलबाट किनेका चामल खाएर गुजारा चलाउछन् गाउँलेहरु । हिजोका बारी, करेसाबारी, खेत बाँझिएका छन् । गाउँमा चरा उड्दैनन् । मौरी भुनभुनाउँदैनन् ।’ अहिले धान-चामल चाहीं विदेशबाट ओसार्न पर्ने बनाएको छ । वैदेशिक रोजगारीका नाउमा मान्छे बेच्ने कम्पनीवाला गाउँगाउँमा पुगेका स्थानीयवासीको भनाइ छ । ‘गाउँ न पहिलेका गाउँ जस्ता छन्, नत शहर जस्ता नै हुनसकेका छन्’, बेनी नगरपालिका- २ का ८६ वर्षीय बेदप्रसाद उपाध्याय भन्छन्, ‘गाउँ वणर्शङ्कर भए, धर्म, संस्कृति, परम्परा, सरसहयोग, ऐंचोपैंचो, झारा, पर्म सबै हराए, नयाँ नयाँ हामीले बुझनै नसक्ने कुरा आए ।’

आसन्न स्थानीय तहको माहौल जिल्लामा तातेको छ । ‘नेताहरुले गाउँ बस्तीलाई उन्नति-प्रगतिमा अगाडि लानुपर्ने थियो । त्यस्ता नेता निस्केनन् । असल र इमानदार नेता हामीले चुनावमा उठाउन र जिताएर पठाउन पनि सक्दैनौं । चुनावमा जालझेल चल्छ । हामीले भोट नदिए पनि उसैले नै जित्छ’, बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापाले भने । ग्रामीण संस्कृतिको अपचलनसँगै आपसी सद्भाव, सहयोग र परम्परागत मूल्य, मान्यता हराउँदै जान थालेछि ग्रामीण भेगका ज्येष्ठ नागरिक बढी चिन्तित छन् । वणर्संकर संस्कृतिले ग्रामीण जीवनशैलीमाथि अतिक्रमण गर्दै जाँदा एक दिन ग्रामीण सभ्यता नै ध्वस्त हुने हो कि भन्ने चिन्ता जेठो पुस्तालाई छ ।

उनीहरु आफ्ना सन्तानमा देखिएको अस्वभाविक परिवर्तन र उनीहरुको जीवनशैलीका कारण बढी चिन्तित छन् । धर्म-कर्म, दान-दातव्य सबै देखावटी कार्यमा मात्रै सीमित भएको र त्यसको मर्म हराउँदै गएको उनीहरुको भनाइ छ । ‘ग्रामीण जीवनको प्राकृतिक स्वाद हराउँदै गएको छ, गाउँमा मानिस गाउँले जस्ता पनि छैनन् र शहरीय जस्ता पनि हुन सक्दैनन्’, ७६ वर्षीय दण्डपाणी भन्छन्, ‘रेमिट्यान्सले शहरलाई उभों लगायो, गाउँलाई रित्याई दियो ।’

उनले भने, ‘गाउँको घरबारी बेचेर, धितो राखेर वा ऋण लिएर विदेश जान्छन्, कमाए भने शहरमै घर घडेरी किन्छन्, परिवारलाई बसाइँ सार्छन, शहरमै बस्छन्, कमाउन सकेनन् भने भएको गाउँको टुक्राटाक्री बेच्छन् अनि पलायन हुन्छन्, यस्तै चल्दै त आएको छ गाउँमा ।’ रासस


Last Updated on: May 2nd, 2022 at 12:42 pm
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया