
सन् १९९९ को चर्चित फिल्म थियो आफन्त । चलचित्रका निर्देशक शिव रेग्मी थिए भने अभिनेता अभिनेत्रीमा त्याे बेलाका हिट जोडी निरुता सिंह र श्रीकृष्ण श्रेष्ठ थिए ।
केशव भट्टराईले निर्माण गरेको यो फिल्मले बक्सअफिसमा सुपरहिट प्रदर्शन गरेकाे थियाे । २२ वर्षपछि पनि यो फिल्म उत्तिकै कालजयी मानिन्छ ।
यो वर्षसम्म नेपाली फिल्ममा धेरै उतारचढाव आयो । तर, आफन्तले धेरै मन जितेको छ । निरुताबाहेक श्रीकृष्ण, शिव रेग्मी र केशव भट्टराईको नि-धन भैसकेको छ ।
अभिनेत्री निरुता अहिले फिल्म आफन्तलाई लिएर नोस्टाल्जिक छिन् ।
आफन्त छायांकन सेटका पुराना तस्विर सेयर गर्दै निरुताले ती मान्छे र क्षणलाई याद गरेकी छिन् ।
यी पुरानो एल्बममा श्रीकृष्ण, शिव लगायतका अन्य प्राविधिकलाई पनि देख्न सकिन्छ ।
निरुता लेख्छिन् : हामी यो जीवनभरी माया अनि याद गरिरहनेछौं । तपाईंहरुको कमी सँधै भरी खट्किरहनेछ ।