बुधबार ०४ जेठ २०७९

नयाँ बर्ष नेपाली सिने जगतका अभिनेत्रीहरुका लागि अत्यन्तै फलदायी बन्यो । नयाँ बर्षमै नायिका केकी अधिकारी, बर्षा शिवाकोटी लगायत अभिनेत्रीहरुको गुपचुपमा बिबाह भयो । यो देखेर उनीहरुका फ्यान जिल्ल परे । कहि कतै सुँइको समेत नपाएका फ्यानहरुलाई एक्कासी बिबाह र इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमा असरल्ल छरिएर आए पछि दर्शक तथा फ्यानहरु जिल्ल त पर्ने नै भए ।

अहिले दुबै अभिनेत्रीहरु आफ्नो नव दाम्पत्य जिवन खुशी साथ ब्यतित गरिरहेका छन् । तर केही दिन अघि मात्र केकी अधिकारी एक्कासी बिमानस्थलमा देखिदा दर्शकहरु लाई अर्काे सरप्राइज बन्यो । व्यवसायी रोहित तिवारीसंग लगनगाँठो कसेर हनिमुन यात्रामै लिप्त रहने बेलामा उनी अमेरिका उडेकी छिन् । यसले आम दर्शक तथा फ्यानहरुलाई झनै कौतुहलता थपि दिएको छ ।

उनी आफ्ना श्रीमान् रोहीत लाई एक्लै छोडेर अमेरिका प्रस्थान गरेकी हुन् । उनी मिल्ने साथी रिमा विश्वकर्माको साथमा श्रीमान् लाई छोडेर अमेरिका उडेकी हुन् ।उनले बिमानस्थलमा केही पत्रकार संग कुरा गर्दै कामको सिलसिलामा अमेरिका उडेको जानकारी दिईन् । नायिका केकी अमेरिकामा हुन लागेको मेरो डान्स कप र मेरो भोइस कपको छायांकनका लागि अमेरिका उडेकी हुन् ।

 

के तपाईंलाई हातमा अनेकौं रहस्य लुकेको बारे थाहा छ ? तपाईँले आफ्ना नङलाई ध्यान दिएर हेर्नुभएको छ ? आज हातका नङका बारेमा रोचक कुरा थाहा पाउनुहोस् ।

नङको फेदमा आधी चन्द्रमा जस्तो सेतो आकार देखिन्छ । यो भाग नङको अन्य भागभन्दा बढी सेतो हुन्छ । त्यो किन भनेर कहिल्यै सोच्नुभएको छ ? छैन भने आज त्यो चन्द्रमा आकारको सेतो भागबारे थाहा पाउनुहोस् ।

चीनका परम्परागत स्वास्थ्यकर्मीहरू त्यो चन्द्रमा आकारको सेतो भागलाई स्वास्थ्य नाप्ने साधन मान्छन् । यदि स्वास्थ्य ठीक छैन भने त्यो चन्द्रमा नङमा देखिँदैन । तर जसै स्वास्थ्य ठीक हुन थाल्छ त्यो फेरि देखिन थाल्छ ।

नङमा देखिएको चन्द्रमाले के स्वास्थ्यका बारेमा बताउँछ ?

– सामान्य चन्द्रमा
औंलाका १० वटा नङमध्ये आठ वटामा दूधजस्तो सेतो चन्द्रमा छ भने स्वास्थ्य ठिक भएको मानिन्छ ।

– घटिरहेका चन्द्रमा
यदि नङबाट चन्द्रमा लगातार हराइरहेको छ वा बुढी औंलामा मात्र बाँकी छन् भने तत्काल स्वास्थ्य प्रति सचेत हुन जरुरी रहेको मानिन्छ ।

जन–स्वास्थ्यविद्रूका अनुसार त्यो सानो चन्द्रमाले शरीरसँग सम्बन्धित अन्य धेरै रोगहरूको खुलासा गर्छ । शरीरमा फलामको मात्रा घटेको, थाइराइड, पिटुइटेरी ग्लान्ड र बि १२ भिटामिनको कमी भएको विषयलाई पनि त्यहि चन्द्रमाले संकेत गराउँछ ।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

“ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ”, सन्देशमा भनिएको छ, “इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ ।”

सन्देशमा विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्यको रूपमा रहिआएको उल्लेख गर्दै भनिएको छ, “मुलुकमा रहेका अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ, संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”


Last Updated on: May 3rd, 2022 at 12:38 pm
१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया