
काठमाडौ । श्रीमान श्रीमतीको राम्रो सम्बन्ध थिएन । श्रीमानले आफ्नै मामाको छोरी बहिनीलाई सौता ल्याएका थिए । उनी आफ्नो सुर गरेर एक्लै बसेकी थिइन् । भरतपुर ६ मा भएको एउटा घटना भएको छ । दुई दिन अघि सासुको निधन भएपछि पार्वती भट्टराई किरिया बसेकी थिइन् । उनको त्यही बेलामा ज लेर निधन भएको छ । तर पार्वतीका माइतीले भने रहस्यमय भएको बताएका छन् ।
भाई वुहारी सम्झना ढकालले भनिन्, सुतीको कपडा लगाएर किरिया बसेको महिलाको तोरी राखेर बालेको बत्तीले कसरी आगो लाग्यो भन्ने शंका लाग्यो । उनले मान्छे माथि कसरी शंका गर्नु ? यस्तो घटना कसरी भयो भन्ने कुरामा शंकामा छौं । उनको भदा बुहारीले पनि घटना संकास्पद भएको बताइन् । उनले घटना भएको बेलामा आफुले नदेखेपनि घटना भइसकेपछि आफुलाई बोलाएको र जाँदा गाडीमा राखिएको थियो ।
पार्वती भट्टराई आत्तिएको अवस्थामा आफुले देखेको बताइन् । मलाई आमाले संगै संगै लैजान थाल्नुभयो । म जान्छुहोला भन्नुभएको थियो, वुहारीले भनिन् । परिवारमा उनको सम्बन्ध त्यती राम्रो नभएको उनीहरुले बताएा छन् । धेरे वर्ष भयो दिदी र भिनाजु अलग बस्न थालेको उनले बताइन् । एक वर्ष देखि श्रीमान घर बनाएर नजिकै सरेको बताइन् ।
छिमेकीहरुले पनि घटना रहस्यमय भएको बताएका छन् । उनीहरुले त्यती ठूलो घटना हुँदा पनि एउटै घरमा भएका अरुले किन थाहा पाएनन् ? स्थानिय छिमेकीको भनाई छ । बाँकि तलको भिडियोमा हेर्नुहोस