मंगलबार १२ मंसिर २०८०

आकासे पुलमुनि नाम, थर,वतन नखुलेकी महिला मृत फेला
June 3, 2021 12
19
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं,। एकान्तकुनामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ एकान्तकुनास्थित आकासे पुलमुनि नाम, थर,वतन नखुलेकी करिब ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ९५ वटा अक्सिजन सिलिन्डर सङ्कलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १ सय ९५ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर मंगलबार कोभिड अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा १० हजार ५ सय ४५ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल, स्वास्थ्य कार्यालय र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।(प्रहरी बुलेटिनवाट)
file photo


Last Updated on: June 3rd, 2021 at 11:27 am
५९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया