बुधबार २० मंसिर २०८०

काठमाण्डौ

संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । मेडिकल कलेजका प्रशासकीय प्रमुख कमल ढकालका अनुसार अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. पशुपति रजौरियाको कोरोना संक्रमणपछि मृत्यु भएको हो।

ढकालले केही दिन अगाडि डा. रजौरियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि (पोष्ट कोभिडका कारण) बुधबार राति मृत्यु भएको बताए । डा. रजौरियालाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजमै उपचार गरिएको र कोरोना रिपोर्ट नेगेटिभ आए पनि अरू स्वास्थ्य समस्या देखिएको हो ।

कोरोना महामारिको दोस्रो लहरसँगै मेडिकल कलेजमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा समेत सक्रिय रुपमा काम गरेका डा. रजौरियाको निधनले महामारीको समयमा मेडिकल कलेजलाई मात्र नभई मुलुकलाई नै ठूलो क्षती भएको अस्पतालले जनाएको छ ।

डा. रजौरियालाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजमै उपचार गरिएको र कोरोना रिपोर्ट नेगेटिभ आए पनि अरू स्वास्थ्य समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो । उनको काठमाडौको ग्राण्डी अस्पतालमा उनको उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो ।


Last Updated on: June 3rd, 2021 at 4:17 pm
३७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया