शुक्रबार १५ मंसिर २०८०

काठमाण्डौ

नेपालको एउटा मन्दिर जहाँ पुगेपछि बोल्न नसक्नेहरू पनि बोल्न थाल्छन् पूरा पडेर ॐ लेखी शेर गर्नुहोस तनहुँ । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् ।

तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।

उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन् ।

नबोल्ने बालबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवम् सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताए ।

खुशीको खबर: यूएई सरकारले नेपाललाई पठायो १५० भेन्टिलेटर

काठमाडौं

जेठ २० गते । यूएई सरकारले नेपालका लागि १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू विशेष विमानमार्फत नेपाल पठाएको छ । उक्त कुराको जानकारी यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

कोभिड–१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि यूएई सरकारले स्वास्थ्य सामग्री आज पठाएको हो । गतवर्ष अप्रिलमा पनि यूएईले नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो । यूएईमा रहेको नेपाली राजदूतावासको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई उक्त स्वास्थ्य सामग्री पठाएको हो ।

यो पनि :जेठ २५ बाट लगाउन थालिने खोप, ६० देखि ६४ वर्षका प्राथमिकतामा

चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले भेरोसेल खोप ६० वर्षभन्दा माथिको उमेर समूहकालाई पनि दिन सक्ने निर्णय गरेको छ । साथे खाेप जेठ २५ गते बाट लगाउन थालिने भएकाे छ ।

चीनसँग सीमाना जोडिएका जिल्लाहरुको हकमा भने खोप मौज्दात रहे १८ वर्ष माथिका लाई पनि दिइने निर्णय भएको छ । साथै खोप लगाउँदा दोस्रो मात्रको पनि सुनिश्चित गरेर मात्र दिने निर्णय गरेको छ ।


Last Updated on: June 4th, 2021 at 12:31 am
८७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया