बुधबार ०४ जेठ २०७९

फ्यानहरु`लाई सर`प्राइज दिँदै गायक स्वप्न सुमनले दुई दिन`अघि आफ्नी प्रेमिका ज्योत्सना योगीसँग लगनगाँठो कसे । कमलपोखरीको एउटा होटलमा आयो`जित सानो समारोहमा परम्प|रागत तवरबाट उनीहरुले लगन`गाँठो कसेका थिए ।

४ वर्षदेखि रिले`सनसीपमा रहे पनि उनीहरु सार्वजनिक`रुपमा खुलेका थिएनन् । स्वप्न सुमनले एका`एक विवाहको तस्वीर सामाजिक सञ्जालमा हालेपछि उनका धेरै लेडी फ्यान`हरु जिल्लिए । खैर, यी गायक`लाई अहिले बधाई र शुभ`कामना सन्देश लिन भ्याइ`नभ्याइ छ ।

युवायुवतीहरु`माझ अत्यधिक क्रे`ज भएका गायक हुन् स्वप्न सुमन । युट्यूवबाट चर्चामा आएका उनले छोटो समयमा लोभ`लाग्दो फ्यान फ`लोइङ कमाए ।स्वप्नको ‘कसरी भनुँ’ बोलको गीत सर्वाधिक हिट छ । ५ वर्षअघि युट्यूवमा रिलिज भएको यो गीतको लिरिकल भिडियोले अविश्वसनीयरुपमा ५ करोड २० लाख भ्यूज बटुलेको छ ।

कुनै पनि नेपाली गीतको लिरिकल भिडि`योले पाएको सम्भ`वत यो सर्वा|धिक भ्युज हो । यस्तै ‘म तिम्रो’ बोलको गीतले पनि २ करोड भन्दा बढी भ्यूज पाएको थियो । स्वप्नले सन् २०१२ बाट संगीत करिअर सुरु गरेका हुन् ।

स्वप्नकी पत्नी ज्योत्सना पनि कलाका`रिता क्षेत्रमै सक्रिय छिन् । उनले ‘म त तिम्रै हुँ’ नामक चल`चित्रमा नायि`काको रुपमा अभिनय गरेकी थिइन्, जुन चलचित्र २०१५ मा रिलिज भएको थियो । चलचित्रले व्या|पारिक सफलता हासिल नगरेका`ले उनी चर्चामा आउन सकिनन् । ज्योत्सनाले मनोज पण्डित निर्देशित चलचित्र ‘एक’ मा पनि अभि`नय गरेकी छिन् । यो चलचित्र ओटीटी प्लेटफ`र्ममा रिलिज गरिएको थियो ।

पछिल्लो समय उनी म्युजिक भिडियो तथा मोडलिङमा सक्रिय छिन् । एमबीए`सम्मको अध्ययन गरेकी ज्यो`त्सना पार्ट टाइममा आइइए`लटीएसका विद्यार्थीहरुलाई पढाउने पनि गर्छिन् ।

लभ क्लो`जअप नामक वेव सिरिजमा स्वप्न र ज्योत्सना`ले सँगै अभिनय गरेका थिए । प्रेमी–प्रेमिका`को रुपमा नखुले पनि स्वप्नले ज्योत्सनासँग थुप्रै टिकटक भि`डियो बनाएका छन् । नेपाल प्रेस

 

नेपालगञ्ज– बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।

शुक्रवार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन् ।

जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी सोअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।

सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा निकायलाई जिम्मेवारीअनुसार परिचालन गरिएको छ । प्रजिअ खत्रीले भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशिलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएको उल्लेख गर्दै भारतसँग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्र अत्यन्तै संवेदनशीलको रुपमा लिइएको बताए।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गर्ने द्विपक्षीय सहमति भइसकेकाले यही वैशाख २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि सीमाक्षेत्रबाट हुने आवागमन पूर्णरूपले बन्द गरिएको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिँदै छन् ।


Last Updated on: May 12th, 2022 at 6:11 pm
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया