बुधबार ०४ जेठ २०७९

काठमाडौं। काठमाडौं महानगरपालिकामा युवा उम्मेदवारहरूको नेतृत्वको सम्भावना देखिएको छ । यहाँ मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरमा लिड गरेकी छन् । प्राप्त विवरण अनुसार सुनिताले १०४ मत ल्याएकी छिन् । उपमेयरमा एकीकृत समाजवादीले ४१ मत ल्याउँदा राप्रपाले २५ मत पाएको छ ।

काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।

काठमाडौ । स्थानिय तह निर्वाचन २०७९ को नतिजा आउने क्रम जारी छ । माओवादीले चमत्कारिक रुपमा विभिन्न तहमा जित हात पारेको हो ।

भर्खरै मात्रै गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षसहित १५ स्थानीय तहमा जित हात पारेको छ । देशभर करिब ५० भन्दा बढी स्थानिय तहमा माओवादीले जित हात पारेको हो ।

यी माओवादीले भर्खरै जितेका स्थानिय तहहरु

रोल्पाको ७ वटा वडामा माओवादी र १ मा कांग्रेस विजयी

रोल्पा । रोल्पाका सात वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने १ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लाको सदरमुकाम रहेको रोल्पा नगरपालिकाको १ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापा ९ सय ८७ मत लिई प्यानल सहित विजीय भएका हुन् ।

उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ७० मत ल्याए । थबाङ गाउँपालिका–१ उवामा माओवादी केन्द्रका गोवर्द्धन घर्तीमगर प्यानलसहित विजयी भएका छन् । त्रिवेणी गाउँपालिका–१ करेटीमा माओवादी केन्द्रकै वडा अध्यक्षका उम्मेदवार देउराम घर्तीमगरको प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निकटमप्रतिद्वन्द्वी कांग्रेसका उमेदवार दिलबहादुर घर्तीमगरले ४ सय १२ मत ल्याए । सुनिलस्मृति गाउँपालका–१ घोडागाउँका माओवादी केन्द्रका उम्मेदवार पवन कवर प्यानलसहित विजयी भएका छन् ।

कांग्रेस र एमालेसहितको गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । माडी गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवार रोहितसिंह घर्तीमगरले ८ सय ९० लिई विजयी भए । कांग्रेस एमालेका गठबन्धनका उम्मेदवार मोहनसिंह वलीले ८ सय ४५ मत ल्याए । ४५ मतान्तरमा वली पराजित भएका हुन् ।

परिवर्तन गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार मैते बुढामगरको प्यानल विजयी भएका छन् । बुढामगर ७ सय ६३ मत ल्याएका हुन् । प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार दिलमन पुनगरको ४ सय ७३ मत ल्याएका थिए । लुंग्री गाउँपालिका(७ मा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर पुन विजयी भएका छन् ।

गंगादेव गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृतबहादुर वलीको प्यानल विजयी भएका छ । उनले ३ सय ८५ मत सहित विजयी हासिल गरेका हुन् । प्रत्यासी एमालेका उम्मेदवारले २ सय ४० मत ल्याएको थियो । रोल्पा जिल्लामा एक नगरपालिका र ९ वटा गाउँपालिका छन् ।

दश पालिकामा ७२ वडा रहेका छन् । मध्यरातिसम्म सबै मतदान केन्द्रबाट पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइएको थियो । कतिपय पालिकामा शुक्रबार बेलुकादेखि र केही पालिकामा आज बिहानबाट मत गणना भइरहेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हुम्ला ताँजाकोटको १ र ५ नम्बर वडामा माओवादीको प्यानल नै विजयी

सुर्खेत– नेकपा माओवादी केन्द्रले हुम्लाको ताँजाकोट गाउँपालिकाका २ वटा वडामा वडाध्यक्ष जितेको छ। ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

ताँजाकोट १ मा माओवादी केन्द्रका उम्मेदवार मोहनलाल रिठाल २२३ मत ल्याएर विजयी भएका छन्। रिठालका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रत्नलाल खड्काले ११९ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार हिक्मत जङ्ग खड्काले ७५ मत ल्याए।

वडा नम्बर १ को सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवारहरु विजयी भएका छन्। सदस्य खुलामा मनलाल खड्का, गौरी खड्का, महिला सदस्यमा छमका खड्का र दलित महिला सदस्यमा अमनी सुनार निर्वाचित भइन्।

यस्तै, वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका मंगल नेपाली ३०६ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका रत्नलाल बुढाले ११४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार अस कामीले २३ र नेकपा माओवादी समाजवादी पार्टीका उम्मेदवार कर्ण विर बुढाले ३ मत प्राप्त गरे।

वडा नम्बर ५ को सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवारहरु विजयी भए। खुला सदस्यमा मणी रोकाया र खड्के ऐडी, महिला सदस्यमा छमका खड्का तथा दलित महिला सदस्यमा आपसरी कामी विजयी भएका छन्।

त्यस्तै गुल्मीकै रेसुङ्गा नगरपालिकामा २ को वडाध्यक्षमा काङ्ग्रेसका हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन। वडामा काङ्ग्रेसले प्यानलै जितेको हो।मेयरमा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।

सानीभेरी गाउँपालिकाको २ मा माओवादीको प्यानलै विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। नेकपा माओवादी केन्द्रका मानबहादुर पुन वडाध्यक्षमा विजयी भएका छन्।

पुनले ४ सय ८२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत पाए। वडा सदस्यहरुमा माओवादी केन्द्रकी गंगादेवी पुन, आशा खमाई, तिखे पुन र धने कामी विजयी भएका छन्।

डडेलधुराको परशुराम नगरपालिका –१ मा माओवादी केन्द्रको प्यानलै विजयी

डडेलधुराको परशुराम नगरपालिका –१ मा माओवादी केन्द्रका लालबहादुर धामी (अपिल ) को प्यानल नै विजयी भएको छ। वडाध्यक्षसहित पाँच जनाले केन्द्रका जित निकालेका हुन्। माओवादी केन्द्रका विजयी वडाध्यक्ष ४५७ मत ल्याएका छन्।

कुल खसेको मतमा एमालेका उम्मेदवारले ३५७ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले २९० मत ल्याए।

अछामको रामारोशन-२ मा माओवादी केन्द्रका परियार निर्वाचित

अछाम — अछामको रामारोशन गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मिनबहादुर परियार निर्वाचित भएका छन् । उनले २ सय ५५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले २ सय २७ र नेपाली कांग्रेसले ३९ मत प्राप्त गरेको छ ।

यसअघि रामारोशन -१ मा पनि माओवादी केन्द्र विजयी भइसकेको छ ।

कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई पराजित गर्दै थवाङ ५ मा माओवादीको प्यानलै विजयी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेपाली काँग्रेस,नेकपा एमाले र नेकपा विप्लव समूहका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका प्यानलै विजयी भएको छ।

थवाङ गाउँपालिका–५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएको हो। काँग्रेस,एमाले विप्लव समुहका रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन्।

यो पनि : जुम्लाको गज्याङकोटमा १ जेठमा पुन: मतदान हुने

जुम्लामा स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुन: मतदान हुने भएको छ । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले गज्याङकोट केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेकाे छ ।

शुक्रबार भएकाे निर्वाचनमा मतदान स्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । एक हजार ७ मतमा ३२० खसेको थियो ।

गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।

जुम्लामा ७६.८३ प्रतिशत खस्यो

जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ । स्थानीय प्रशासनका अनुसार जुम्लाको जम्मा मतदाता ६७,७४४ मध्य एक हजार ७ रहेको मतदान केन्द्रको गणना गरिएको छैन् । बाँकी मतदाता मध्ये ७६.८३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले जानकारी दिइन् ।

दैलेखमा माओवादी केन्द्रले जित्यो पहिलो पटक वडाध्यक्ष

दैलेख : दैलेखमा नेकपा माओवादी केन्द्रले पहिलो पटक एउटा वडाध्यक्ष जीतेको छ । नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका हुन् । राना ७ सय ८१ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटम् प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीलाई २ सय ५७ मतले पराजित गरेका हुन् । एमालेका डांगीले ५ सय २४ मतमा सिमित भएका छन् ।

यो वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन थियो । गठबन्धनका उम्मेदारसँग एमाले पराजित भएको हो । वडामा वडाध्यक्ष रानासहित प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाभर एक जना वडा सदस्यमा मात्रै जितेको थियो । यस पटकको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिका १ मा माओवादी केन्द्र विजयी भएको हो ।

जगदुल्ला गाउँपालीका रोल्पामा अध्यक्ष उपाध्यक्षसहित माओवादीको पुरै प्यानल बिजयी

रोल्पा । कङग्रेस/एमाले/समाजबादिको गठबन्धन भत्काउदै माओबादि केन्द्र को जगदुल्ला गापा अध्यक्ष नरसिंह रोकाय र उपाध्यक्ष भारी मतले बिजयी भएका छन ।

सल्यानको दार्मा १ र कपुरकोट १ मा माओवादी केन्द्र भारी मतले बिजयी

सल्यान । त्यसैगरी सल्यानको दार्मा १ र कपुरकोट १ मा पनि माओवादीले जित हात पारेको छ । सल्यानमा केन्द्रको सर्कुलर अनुसार गठबन्धन नभएपनी माओवादीले धेरै ठाउमा जित हात पार्ने क्रम जारी छ ।


Last Updated on: May 14th, 2022 at 4:32 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया