
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना विवादका कारण स्थगित भएको छ । काठमाडौं महानगरको मेयर पदका लागि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्म सबैभन्दा धेरै मत पाएको वडा यही हो ।
सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
काठमाडौं । २५ सय ६६ औं बुद्ध जयन्ती आज (साेमबार) विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
लुम्बिनीमा ईसापूर्व ५४३ अर्थात् २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरवार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।
६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएपछि भगवान् बुद्धका रुपमा उहाँले प्रसिद्धि पाउनुभयो । वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।
कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।
गत वर्ष पनि लकडाउन जारी गरिएकाले बुद्ध जयन्ती घरघर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।
काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरेको छ। बुद्धपूर्णिमाकै दिन आज कुवेतबाट उडान भरेको हो।
जजिराले आफ्नो जहाजमार्फन यात्रु ल्याई सोमबार बिहान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो। यो सँगै मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।
गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने भएको छ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ।
यहाँबाट उडान भर्न श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका कम्पनीले पनि चासो देखाएका छन्। यसअघि जेठ १४ मा नेपाल वायुसेवा निगमकै वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो।
२०७४ साल जेठमै निर्माण सक्ने गरी सुरु भएको विमानस्थल निर्माणमा करिब ३० अर्ब खर्च भएको छ। तर, पहिलो म्याद सकिएको पाँच वर्षपछि मात्रै विमानस्थल सञ्चालनमा आएको हो।