
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले पहिलो जित हात पारेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेका विकास थापा विजयी भएका छन् ।
थापाले १६६६ मत पाउँदा कांग्रेसका भरत प्रसाद लामिछानेले १०४९ मत पाए। भरतपुरको वडा नम्बर ३ कांग्रेसको गढ मानिन्छ। तर यसपटक वडाध्यक्ष उम्मेदवार बनाउने बेलामा यहाँ विवाद भएको थियो।
कास्की मिडिया :नेकपा एमालेले १ दर्जन पालिकामा जित हासिल गरेको छ। ३० वटा पालिकामा एमालेले १२ वटा पालिका जित हासिल गरेको हो। एमालेले मनाङ, मुस्ताङ, डोल्पा, बजाङ, बाजुरा, म्याग्दी, शोलुखुम्बुमा खाता खोलेको छ। नेपाली कांग्रेस १० पालिका र माओवादीले ६ पालिकामा जित हासिल गरेको छ।
एमाले
१.शे–फोक्सुन्डो
डोल्पाको शे–फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भइसकेका छन्।
यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी परेको थिएन।गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुन्। उनले गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताए।गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित भएका छन्।
गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ।
त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ। वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ। वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ। त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ।
२.चामे
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भइन्। ०७४ को चुनावमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए। उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुवैले आफ्नो सिट सुरक्षित गरेका छन्।
३. लो–घेकर दामोदरकुण्ड:मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देव बहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्।२०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
४.मनाङको ङिस्याङ:एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए।उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए।
५.मुस्ताङ वारागुङ :मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ।एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन्। अध्यक्षमा कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याएका छन्। उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन्। कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन्। गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ। कुल मतदाता २ हजार २४४ रहेका छन्।
६. लोमान्थाङ गाउँपालिका
एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पनि जित हासिल गरेको छ। एमालेका टसी न्हुर्वु गुरुङले ६६८ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका टसी गुरुङले ५१४ मत ल्याएका छन्।
उपाध्यक्षमा पनि एमालेकै छयुमी विष्ट गुरुङ विजयी भएकी छन्। विष्टले ६३२ मत ल्याउँदा कांग्रेसकी छिरिङ ढोका गुरुङले ५२९ प्रतिशत ल्याएकी हुन्। कुल जनसंख्या १ हजार ९९६ रहँदा मतदाता १ हजार ९४८ मतदाता रहेका छन्।
७. सोलुखुम्बुको खुम्बु पासाङल्हमु
सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका मिङमा छिरी शेर्पाले २ हजार २८ मत ल्याई विजयी भएका हुन्।
एमालेका प्रतिस्पर्धी चुङब शेर्पाले १ हजार ६०९ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पाले २ हजार २३ मत ल्याई विजयी भएको छ। कांग्रेसका निर्मला थापाले १ हजार ५८२ मत ल्याएकी छन्। ५ वटा वडामा वडा १ कांग्रेसले विजयी भएपनि बाँकी एमालेले विजयी भएको छ।
८.नवलपुरको बौदीकाली
नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा विजयी भएका छन्। ओझाले ३ हजार ९७६ मत प्राप्तगर्दा कांग्रेसका खडक बहादुर रानाले ३ हजार ५४९ मत प्राप्त गरेका हुन्।
उपाध्यक्षमा एमालेकी डिल कुमारी केसी निर्वाचित भएकी छन्। उनले ३ हजार ९६२ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी धन कान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गरिन्। वडा नं ४ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकीमा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा नै जित हासिल गरेको थियो।
९. बाजुराको साइपल
बाजुराको साइपल गाउँपालिकामा एमालेका मानविर बोहरा विजयी भएका छन्। कांग्रेसका उजले बोहरालाई पराजित गर्दै जित हासिल गरेका हुन्। मानविरले ६७५ मत ल्याउँदा कांग्रेसका उजले बोहराले ६१३ मत ल्याएका छन्।
उपाध्यक्षमा एमालेकै डोल्मा तमाङ ६७५ विजयी भएकी छन्। कांग्रेसकी बाटु बोहरा प्रतिस्पधी रहेकी थिइन्।
गाउँपालिकामा २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष मै जित हासिल गरेको थिए। गाउँपालिकामा कुल मतदाता १४ सय ९९ मतदाता रहेका छन्।
१०. थलारा गाउँपालिका
बझाङको थलारागाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पधी स्वतन्त्र कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए। खातीले ३ हजार १५० मत ल्याउँदा एमालेकी मीरादेवी रावलले २ हजार ५८७ मत ल्याएकी छन्।
२०७४ मा एमालेले नै गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएको थियो।
११. मुस्ताङको थासाङ
मुस्ताङको थासाङ गाउँपालिकामा एमालेका प्रदिप गौचन विजयी भएका छन्। उनले ५ वडामा एउटा वडा जितेको एमालेले गाउँपालिका अध्यक्षमा नै जित हासिल गरेको हो।
प्रदिपले १ हजार १४४ मत ल्याउँदा कांग्रेसकी बाल कुमारी शेरचन १ हजार ५५ मत ल्याएकी छन्।
उपाध्यक्षमा सोमल हिराचन विजयी भएका छन्। एमालेकी सुमिता शेर्पा लाई उनले हराएका हुन्। हिराचनले १ हजार १९२ मत ल्याउँदा सुमिता शेर्पाले १ हजार ८० मत ल्याएकी छन्।
वडा नं २ मा एमाले विजयी हुँदा वडा नं १, ३, ४, ५ नेपाली कांग्रेस विजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।२०७४ मो निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको थियो।
१२. म्याग्दीको मालिका
म्याग्दीको मालिका गाउँपालिकामा एमालेका बेगप्रसाद गर्बुजा विजयी भएका छन्। अध्यक्षमा ३ हजार ९१ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्री प्रसाद रोका मगर २ हजार ९७० मत ल्याएका छन्। उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी घर्ती मगर पुन विजयी भएकी छन्। उनले ३ हजार १६७ मत ल्याउँदा कांग्रेसकी पिपला बुढाले ३ हजार १३० मत ल्याएकी छन्।